बृहत नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ

प्रहरीले बृहत नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भद्रकालीबाट माइतीघर मन्डला तर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार भएका हुन् ।

माइतीघर लगायतका स्थानहरुमा सरकारले निषेधित क्षेत्रहरू बढाउँदै लगेकोमा समेत उनीहरूले विरोध गरेका छन् ।

प्रहरीले नागरिक आन्दोलनका सन्जीव उप्रेती, वसन्त चिप्पा, प्रनेता, अभय श्रेष्ठ, आरती साहको परिवार, निर्ग नवीन, गोविन्द छन्त्याललगायत समातेको छ । छन्त्यालका अनुसार उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।