चैत्र १३- २०७६
काठमाण्डौ- लोकप्रीय गायक तथा नेपाली आईडियल बुद्ध राई र अहिलेको चर्चित गायिका मेलिना राईको सुमधुर आवाज रहेको फेसबुक म्यासेन्जर बोलको गित सार्बजानिक भएको छ।
कृष्ण प्रशाद उप्रेतिको शब्द, गायक सोयंको सङ्गीत रहेको यो गितमा पुष्कर सुनुवारको सङ्गीत सम्योजन रहेको छ। ओ एस आर डिजिटल म्युजिक प्रालिको अफिसियल युट्युब च्यानल बाट यसै साता सार्बजनिक भएको उक्त गितको म्युजिक भिडियोको निर्देशन तथा निर्त्य निर्देशन कमल राईले गरेका हुन, यो म्युजिक भिडियोमा यशराज र ऋचा थापाको अभिनय रहेको छ भने छायँकन शिव ढकालको रहेको छ। समसामयिक बिषय बस्तु हरुलाई टिपेर विशेष गरि युबा पुस्तालाई लक्षित गरि बनाईएको गित भएको हुनाले यो गित लाई लक्षित युबा पुस्तालेनै बढी मनपराईदिने यो गितको सम्पुर्ण निर्माण टिमको अपेक्षा रहेको हाम्रो आवाज लाई गायक राईले बताए।
पुरा भिडियो सहितको गितको लिङ्क तल हेर्नु होला.....