क्यानाडेली प्रधानमन्त्री पत्नी कोरोना संक्रमित

३० फागुन २०७६

काठमाण्डौ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको पत्नी सोफी ट्रुडो नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। सोफी संक्रमित भएको पुष्टि भएसंगै प्रधानमन्त्री जस्टिन पनि आइसोलेशनमा रहने भएको छ।

क्यानडाका प्रधानमन्त्री सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफी कोरोना भाइरस संक्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्री जस्टिन ट्रुडोलाई भाइरस संक्रमण देखिएको छैन भनी उल्लेख गरेका छन्। यधपि प्रधानमन्त्री जस्टिन दुइ हप्ताका लागि आइसोलेशनमा रहनेछन्।

सोफियामा कुनै असजिलो महसूस नभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री जस्टिन ट्रुडो सेल्फ-आइसोलेशनमा बसे पनि नियमित काम भने यथावत रहने साथै शुक्रवार  नागरिकहरुलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी उक्ररुप लिइरहेको अबस्थामा क्यानडामा १ जनाको मृत्यु, १४२ जनामा संक्रमित भएका छन्।