
सोलुखुम्बु – देलेक चिल्ड्रेन फाउण्डेसन यु.एस.एले सोलुखुम्बुमा विद्यार्थी तथा आर्थिक अवस्था कमजोर परिवारलाई राहत वितरण गरेको छ ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको सगरमाथा आवि च्याल्सा, ह्वाईहिल्स ईङलिस बोर्डिङ स्कुल सल्लेरी, छुल्यामु आविका विद्यार्थी र च्याल्साको दलित समुदाय र तिब्बती शणानार्थी गरि १ सय परिवारलाई शेर्पा बालबालिका सहायता संघ काठमाण्डौको सहजिकरणमा राहत वितरण गरिएको हो ।
सल्लेरीमा एक कार्यक्रम गरि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बालबालिकाको परिवार तथा आर्थिक अवस्था कमजोर भएका हरेक परिवारलाई एक–एक बोरा चामल र तेल राहत हस्तान्तरण गरेका हु्न् ।
देलेक चिल्ड्रेन फाउण्डेसन यु.एस.एबाट वितरित छात्रवृत्तिबाट अध्ययन गर्दै आएका विद्यार्थीका परिवारलाई २ लाख बराबरको राहत वितरण गरिएको शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाले जानकारी दिए ।