
चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । बिहिबार बसेकाे मन्त्रिपरिषद बैठकले चलचित्र निर्देशक दयाराम दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै नायक भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत पनि रहेका थिए ।