चीनले चन्द्रमा नै कब्जा गर्न लाग्यो ।
एजेन्सी/अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाका प्रमुखले चीनले चन्द्रमा नै कब्जा गर्न चाहेको आरोप लगाएका छन् । नासाका प्रमुख बिल नेलसनले चीनले चन्द्रमामा आफ्नो सेना उतार्न लागेको र आगामी दिनमा उसले चन्द्रमा मेरो हो भनेर दाबी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
नासाका प्रमुख बिल नेलसनले चीनले चन्द्रमामा आफ्नो सेना उतार्न लागेको र आगामी दिनमा उसले चन्द्रमा मेरो हो भनेर दाबी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । चीनको अन्तरिक्ष कार्यक्रम एक सैन्य अभियान रहेको र त्यसका लागि अन्य मुलुकको प्रविधि र योजना चोरेको आरोप उनको आरोप छ ।
यसको जवाफमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनको अन्तरिक्ष कार्यक्रम सामान्य रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकाले चीनलाई बदनाम गराउने प्रयत्न मात्र गरेको उनको भनाइ छ ।
चीनले सन् २०१३ मा पहिलोपटक चन्द्रमामा आफ्नो मानवरहित रकेट अवतरण गरेको थियो । चीनले सन् २०३० सम्ममा पहिलो मानव मिसन चन्द्रमामा अवतरण गराउने तयारी गरेको छ । त्यस्तै नासाले सन् २०२५ सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा मानव मिसन अवतरण गराउने योजना बनाइरहेको छ ।