छिट्टै फर्की आउछु भनी उडे जहाजैमा, फर्की आए आमा बाकसैमा !

छिट्टै आउछु फर्की भनी उडे म जहाजैमा,
सम्झी साहुको ऋणले ढले म मरुभुमिमा !

गरिबिको कारणले बेचिए म खाडिमा,
छिट्टै आउछु फर्की भनी उडे म जहाजैमा!

छटपटिले कोल्टे फेर्छु सपनिमा आमा पाउछु,
पराईभूमी पसिनाले सिचाइगर्दा जन्मभूमि सम्झिन्छु!

लला बाला छाडी आए आमको काखामा,
छिट्टै आउछु फर्कि भनी उडे म जहाजैमा!

चुहिएको छनो फाटेको चोली फेर्नु आएको मुग्लानमा
सकिन आमा फेर्नलाई चोली र छानो फर्किए बाकसमा

गजेन्द्र खालिङ
रावा हौचुर, खोटाङ (हाल: दोहा कतार)