
५ चैत्र २०७६
काठमाण्डौ। नेपाल सरकारले चलचित्र, सार्वजनिक खेल स्थल, शारीरिक व्याम / जिम, डान्सबार तथा क्लब लगायतका सार्वजनिक स्थल बन्द गर्ने निर्णय रहेको छ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधवार ३० अप्रिल सम्मलाई बन्द गर्ने निर्णय गरेको हो।
नेपाल सरकारले चलचित्र, सांस्कृतिक केन्द्रहरु, रंगशाला, सार्वजनिक खेल स्थल, जिम, हेल्थ क्लब, स्वीमिङ पुल, मनोरन्जन स्थल, म्युजियम, डान्सबार तथा विभिन्न क्लबहरु ३० अप्रिल सम्मलाई बन्द गर्ने निर्णय गरेको हो।
नेपाल सरकारले यसको अनुगमन गर्नका लागि गृहमन्त्रालय, संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ।