
✍नातिबाबु भट्ट, कोलोराडो अमेरिका । नव निर्वाचित एनआरएन कोलोराडो च्याप्टरको कार्यसमितीको पहिलो बैठकले ११ सदस्सिय सल्लाहकार समिती चयन गरेको छ ।
अध्यक्ष आर सी पन्तको अध्यक्षतामा आईतबार सम्पन्न बैठकले सर्वसम्मत रुपमा ११ सदस्सिय सल्लाहकार समिती चयन गरेको हो ।
यसरी चयन हुनेहरुमा गणेश भण्डारी , रैवतराज पौडेल, सरीता गुरुङ, बासुदेव खनाल, प्रेम रेग्मी, गोविन्द यस्माली , अनिता गुरुङ, शान्ति भुषाल, प्रकाश सिटौला, उपेन्द्र रिजाल, शिरिश कुंवर रहेका छन् । सल्लाहकार समिती चयनगर्दा कोलोराडोमा रहेका संघ संस्था, व्यावसायी, समाजसेवी, बुद्धीजिवी सबै पेशा वर्ग जातजातीको प्रतिनिधित्व हुनेगरी चयन गरिएको अध्यक्ष आर सी पन्तले बताएका छन् ।
संस्थाको पहिलो बैठकमा एनआरएन एनसिसि अमेरिकाका नव निर्वाचित अध्यक्ष बुद्धीसागर सुवेदी पनि जुम मार्फत बैठकमा जोडिएर कोलोराडो च्याप्टरका सबै कार्यसमितीका पदाधिकारीहरुलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिएका थिए । च्याप्टरको पहिलो बैठकले यस बाहेक अन्य निर्णयहरु पनि परितगरेको ती निर्णयको माईनुट सचिव शंकर गुरुङले छिटै सार्वजानिक गर्ने अध्यक्ष पन्तले बताएका छन् ।