साहित्यकार पदम विश्वकर्माको 'क्वारेन्टाइन' पुस्तक कोलोराडोमा सार्वजानिक ।

✍️हाम्रो आवाज न्यूज, कोलोराडो ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाद्वारा आयोजित साहित्यकार पदम विश्वकर्माको 'क्वारेन्टाइन'को गृह लोकार्पण तथा पुस्तक चर्चा र नियमित साहित्यिक रचना वाचन कार्यक्रम कोलोराडोको ब्रुमफिल्डको मिनाज रेष्टुरेण्डमा आज आइतबार सम्पन भएकोछ ।

अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाको सभापतित्वमा सम्पन भएको कार्यक्रममा अतिथिहरु क्वारेन्टाइनका लेखक तथा अनेसास बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष पदम विश्वकर्मा अनेसास, केन्द्रीय सदस्य तारा अधिकारी अनेसास कोलोराडो शाखाको सल्लाहकार तथा अनेसास ट्रस्टी सदस्य डा. विजयराज शर्मा सामाजिक अभियन्ता तथा राजनैतीक व्यक्तित्व धर्मराज श्रेष्ठ नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेल रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका संस्थापक अध्यक्ष एनएका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता नवीन दत्त साहित्यकार तथा चलचित्रकर्मी निर्मल प्याकुरेल संगीत तथा गायनको क्षेत्रमा लामो समयदेखि कार्यरत रहनुभएका कोलोराडोको गायक विजय अधिकारी,अनेसास केन्द्रीय समिति सदस्य तथा अनेसास, कोलोराडो शाखाको पूर्व अध्यक्ष तारा अधिकारी
साहित्यकार तथा कुशल चिकित्सक डा. खगेन्द्र दाहाल लगायतले सामुहिक रुपमा पुस्तक सार्बजानिक गरिएका हुन।

साहित्यकार पदम विश्वकर्माको परिचयको बिषयमा अनेसास केन्द्रीय समिति सदस्य तथा अनेसास, कोलोराडो शाखाको पूर्व अध्यक्ष तारा अधिकारीले परिचर्चा गरेका थिए भने बिमोचित पुस्तकको समिक्षा शाखाको सल्लाहकार तथा अनेसास ट्रस्टी सदस्य डा. विजयराज शर्मा र अनेसास, कोलोराडो शाखा कार्यसमिती सदस्य तथा पूर्व महासचिव कपिलदेव सुवेदी गरेका थिए । “क्वारेन्टाइन” उपन्यास पुस्तकका लेखक पदम विश्वकर्माले यो पुस्तक भित्रको पात्रहरु कोरोनाले विश्वभरी अपठ्यारोमा पारेका हामी सबै नै रहेको दाबि गर्दै त्यसैले यो पुस्तक एक पटक सबैले पढन अनुरोध गरे ।

दोस्रो चरणमा नियमित सिर्जना वाचन कार्यक्रम राखिएको थियो कपिलदेव सुवेदी ,भीम कट्टेल, प्रमिला शर्मा, तारा अधिकारी, डा. खगेन्द्र दाहाल, डा. विजयराज शर्मा, भगवती दाहाल, वासुदेव खनाल, निर्मला अर्याल लगायतका सर्जकहरुले आ-आफ्नो सिर्जना
वाचन गरेका थिए ।

अनेसास कोलोराडो शाखाका महासचिव किरण अधिकारीले संन्चालन गरेका सो कार्यक्रममा स्वागत मन्तव्यबाट निर्मला अर्यालले सबैलाई स्वागत गरेका थिए भने अनेसास कोलोराडो शाखाको अध्यक्ष राजु सिटौलाले उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रमको बिसर्जन गरेका थिए ।