
✍️हेम गिरी कोलोराडो अमेरिका।संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो GBCC को गत महिना सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिलाई आज एक कार्यक्रमको आयोजना गरेर संस्थाको नेतृत्वको कार्यभार/ जिम्मेवारी हस्तान्तरण गरिएको छ । सन् २०१० कोलोराडोमा स्थापन भएको सो संस्थाको सन् २०१५ देखि यता नेतृत्व परिवर्तन भएको थिएन ।

हस्तान्तरण कार्यक्रमको संस्थाका उपाध्यक्ष भिम राईको स्वागत मन्तव्यसँगै शुरु गरेका थिए भने कार्यक्रम संस्थाका सचिव मणी राईले संचालन गरेका थिए । कार्यक्रममा उपस्थित संस्थाका शुभचिन्तक तथा सल्लाहकार केदार खतिवडा, किराँत कल्चरल सोसाइटी अफ कोलोराडोको अध्यक्ष सह सुब्बा, कोलोराडोको नेपाली भाषी भुटानी समुदयाका अगुवा भुवानी न्यौपाने र स्याम खनाल लगायतले संस्थाको नव गठित कार्य समितिलाई शुभकामना साथै निवर्तमान कार्य समितिलाई धन्यवाद प्रदान गर्दै मन्तब्य दिएका थिए ।

सो संस्थाले विशेष गरि कोलोराडोमा बसोवास गर्दै आएका नेपाली भाषी भुटानीलाई नेपाली भाषा, साहित्य, संगीत, संस्कार संस्कृति रीतिरिवाजलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । नेपाली कला संस्कृती, हाम्रा चाडपर्व, नेपाली भाष अनि हाम्रो समुदायको पहिचान हो । यसलाई जोगाइ प्रवर्धन गर्दै भावी पुस्तालाई सिकाई उनीहरुलाई हाम्रो संस्कार संस्कृति हस्तान्तरण गर्ने कार्य योजना रहेका नव गठित कार्य समितिका अध्यक्ष चुडा बरालले बताए ।

साथै बरालले समुदायका सबैको यस संस्थालाई साथ सहयोग प्राप्त भए बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा अनि विधार्थी र युवा जमातलाई लक्षित गरेर विविन्न खेलकुद, शिक्षा सम्बन्धी गोष्ठी साथै अन्य सामाजिक र सांगीतिक कार्यक्रम संचालन गर्ने संस्थाको कार्य आयोजना रहेको जानकारी गराए ।

कार्यक्रममा कोलोराडोमा रहेका अन्य संघ संस्थाहरुको प्रतिनिधीहरु र संस्थाका शुभचिन्तकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम निवर्तमान अध्यक्ष सोम बरालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्यमा संस्थाका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति सोम बरालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै सबैको साथ र सहयोगले नै संस्था यहाँसम्म आईपुगेकोले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको लागी सबै संग अनुरोध गरेका थिए ।
गत महिना मात्रै GBCC का निर्वतामन अध्यक्ष सोम बराल, संस्थाका संस्थापक सदस्यहरु गंगा कोइराला, केदार खतिवडा र उमेश घिमिरे लगायतको करिब २० जनाको सहभागितामा एक भेलाले चुडा बरालको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरेको थियो । सो भेलाले नयाँ कार्य समितिको उपाध्यक्षमा भिम राई, सचिवमा मणी राई, कोषाध्यक्षमा पुर्ण शिवकोटी, खेलकुद संयोजकमा ओम ढुङ्गेल, संस्कृति संयोजकमा विर्ख गुरुङ, शिक्षा संयजोकमा दुर्गा निरौला र प्रेस संयोजकमा हेम गिरीलाई चयन गरेको थियो ।
