तमु धिँ कोलोराडोको ल्होछार कार्यक्रम भब्यताको साथ सम्पण ।
✍️हाम्रो आवाज न्यूज।तमु धिँ कोलोराडोको ल्होछार कार्यक्रम भब्यताको साथ सम्पण भएकोछ ।८७ बर्षिय दुजामाया गुरुङको प्रमुख आतित्थमा भएको सो कार्यक्रममा कोलोराडोका नेपाली संघ-संस्थाका प्रमुख प्रतिनिधीहरुको पनि बिशेष सहभागिता रहेको थियो ।
रक्कि माउन्टेन फ्रेईन्स अफ नेपालका अध्यक्ष टिका पौडेल,नेपाली घरका अध्यक्ष जगदिश चन्द्र ढकाल,एन आर एन ए कोलोराडो च्यापटरका अध्यक्ष आर.सी पन्त अनेसास कोलोराडो च्यापटरका अध्यक्ष राजु सिटौला,अन्तराष्ट्रिय कलाकार समाजका केन्द्रिय उपाध्यक्ष साबु गदाल कार्की,संखुवासभा कम्यूनिटी अध्यक्ष शान्ति श्रेष्ठ,ग्लोबल भुटानिज कम्यूनिटका अध्यक्ष सोम बराल लगायत अन्य प्रतिष्ठित ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा गायक तथा संगीतकार बसन्त लम्साल देश प्रेमको गीत र गायिका सम्झना पाण्डेले नेपाली चर्चित गीतहरु प्रस्तुत गरेर मनोरन्जन प्रधान गरेका थिए भने गुरुङ पोषाकमा केही कलाकारहरुले नित्य प्रस्तुत गरेका थिए ।जेस्ट नागरिक ८७ बर्षिय दुजा माया गुरुङको प्रमुख आतिथ्यमा सम्पन कार्यक्रमको सञ्चालन सरिता गुरुङ र प्रकाश जंग गुरुङले गरेका थिए साथै सहभागीहरुलाई स्वागत मन्तब्यबाट तमु धिँ कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङले सबैलाई धन्यबाद दिदै हार्दिक स्वागत गरेका थिए ।उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण हाम्रो आवाज अनलाईनको फेशबुक पेजबाट गरिएको थियो ।