कोलोराडो खवर डटकमको प्रथम बार्षिक उत्सव भब्यताका साथ सम्पन्न।
✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।अमेरीकाको कोलोराडोबाट संचालित अनलाइन मिडीया कोलोराडो खवर डटकमको प्रथम बार्षिक उत्सव भब्यताका साथ सम्पन्न भएको छ ।
संयुक्त राज्य अमेरिका सहित विभिन्न देशमा बसोवास गर्दै आएका नेपाली भाषीहरुलाई नेपालसँग जोडी राख्न, नेपाली भाषा, साहित्य, संस्कृति रीतिरिवाजलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजाने र सत्यतथ्य समाचार तथा उपयोगी विचारलाई विभिन्न माध्यममा पस्कन यो अनलाइन पोर्टन सञ्चालन भएको हो ।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रम स्थानिय वेष्टमिनिष्टर सिटीका मेयर NANCY MCNALLY
को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडो र कोलोराडो बाहिर रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई रूद्राक्षकोमाला लगाई दिई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी वेष्टमिनिष्टर सिटीका मेयर NANCY MCNALLY बाट पानसमा बत्तिबालेर उद्घाटन गरिएको कार्यक्रम नेपाल र अमेरीकाको राष्ट्रिय गानसंगै अगाडी बढाइएको थियो । कार्यक्रममा बिशिष्ठ अतिथी नेपाल अमेरीका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी, NRNA NCC पूर्व अध्यक्ष सुनिल शाह, अनेसास पूर्व केन्द्रिय अध्यक्ष तथा अनेसास बिओटी अध्यक्ष पदम बिश्वकर्माको उपस्थिती रहेको थियो । यसैगरी समारोहमा कोलोराडो खवर डटकमका सल्लाहकार तथा नेपाली जनसंम्पर्क समिती अमेरीकाको उपाध्यक्ष धर्मराज श्रेष्ठ, अनेसास केन्द्रिय महासचिव राजु सिटौला, नेजाका क्षेत्रीय संयोजक रोशन अधिकारी लगायतका अतिथिहरूको उपस्थिती रहेको थियो ।
कोलोराडो खवर डटकमको संस्थापक बासुदेव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोलोराडो खवर डटकमका सल्लाहकार रामचन्द्र पन्तले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै अनलाइन मिडीयाको महत्व र बिगत एक बर्षको अवधिमा यस मिडीयाले नेपाली भाषी समुदाय माझ पुर्याएको योगदानको बृस्तित चर्चा गरेका थिए । यसैगरी कार्यक्रमका प्रमुख अतिथी वेष्टमिनिष्टर सिटीका मेयर NANCY MCNALLY ले कार्यक्रमलाइ संम्बोधन गर्दै नेपाली भाषी समुदायको जमघट भएको कार्यक्रममा सहभागी हुनपाएकोमा खुसी व्यक्तगर्दै सीटीबाट संचालित सामुदायिक कार्यक्रमको बारेमा जानाकारी गराएकी थिइन । उनले नेपाली भाषी समुदायको हक हितकोलागी सक्दो सहयोग गर्ने बताइन ।
त्यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथी नेजाका अध्यक्ष सुरज भण्डारीले नेपाली भाषी समुदायमा अनलाइन मिडीयाहरूको महत्व र सकारात्मक परिवर्तनकोलागी यसले पुर्याउंदै आएको योगदानको चर्चा गरेका थिए । यसैगरी कार्यक्रमका अन्य बिशिष्ठ अतिथी तथा अतिथीहरू शुनिल शाह, पदम बिश्वकर्मा, धर्मराज श्रेष्ठ, राजु सिटौला लगायतले संम्बोधन गर्दै कोलोराडो खवरले नेपाली भाषी समुदायलाइ सत्य तथ्य समाचारको माध्यमबाट सधै सुसुचित गराउदै बिश्वभरी छरिएर रहेका नेपालीको समेत मन जित्न सकोस भन्ने शुभकामना दिएका थिए ।
यसैगरी समारोहलाइ शुभकामना मन्तब्य दिदै नेपाली घरका उपाध्यक्ष गंगा चौलागाइले नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको बर्तमान अवस्था यसलाइ स्थायित्व दिन आइपरेका चुनौति सबै सामु राखेका थिए । सोही अवशरमा NRNA कोलोराडो च्याप्टर र NRNA NCC अमेरीकाका बर्तमान कार्यसमितीले ५ हजार डलर तथा आगामी आउने कार्यसमितीले ५ हजार डलर नेपाली संस्कृतिक केन्द्रलाइ सहयोग गरी ट्रष्टि सदस्य बन्ने क्रममा NRNA कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले ५ हजार डलरको चेक नेपाली घरका उपाध्यक्ष गंगा चौलागाइलाइ हस्तान्तर गरेका थिए । सोही अवशरमा NRNA NCC पूर्व अध्यक्ष सुनिल शाहले नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ ५ सय डलरको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कोलोराडो खवर डटकमलाइ सुरूदेखी नै बिशेष संम्बाददाता रूपमा सहयोग पुर्याएको भन्दै पत्रकार नातिबाबु भट्टलाइ समारोहका प्रमुख अतिथी NANCY NCNALLY बाट प्रशंसा पत्र प्रदानगरी सम्मान गरिएको थियो ।
NRNA कोलोराडो च्याप्टरका निवर्तमान सचिव शंकर गुरूङद्वारा संचालीत कार्यक्रमको अन्तमा समारोहका सभापती तथा कोलोराडो खवर डटकमका संस्थापक बासुदेव खनालले कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिने तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाइ धन्यवाद दिदै अगामी दिनमा कोलोराडो खवर डटकमलाइ संस्थागतरूपमा बिकास गर्दै लैजान सबैको साथ , सहयोग र सुझाव पाइराख्ने बिश्वास ब्यक्तगरेका थिए ।