कोलोराडोमा बाचन प्रवीण गुरु दिनबन्धु पोखरेलको उपस्थितीमा प्रवचन हुदै ।

✍️नातिबाबु  भट्ट , कोलोराडो, अमेरीका । नेपाली भाषीको बाक्लो बसोबास रहेको कोलोराडोमा सुप्रसिद्ध वाचन प्रवीण दिनबन्धु पोखरेलको उपस्थितीमा सत्संग कार्यक्रमको आयोजना गरिने भएको छ ।

यही सेक्टेम्बर १७ सुक्रवारका दिउंसो २ बजे देखी सांझ ६ बजेसम्म सप्ताह महा पुराण सम्पन्न भएको स्थान (Village Exchange Center 1609 Havana St Aurora Co 80010 )भिलेज एक्सचेन्च सेन्टर अरोरामा आयोजना गरिन लागिएकोअरोरा निवासी जगदिश चन्द्र ढकालले बताएका छन् । पंण्डित पोख्रेलको मुखारबिन्द बाचनहुने प्रवचन तथा भजन किर्तन कार्यक्रममा सहभागी भई आध्यात्मिक ज्ञान प्राप्त गर्नुहुन कोलोराडो बासी सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ ।
नेपाली समुदायको विशेष अनुरोधमा गुरुले समय मिलाउनु भएकोले यस विशेष अवसरमा सहभागी हुनपाउने मौका नगुमाउन सबैलाई अनुरोध गरिएको छ ।

कोलोराडोमा कृयाशिल सबै संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धीजिवी,  समाजसेवी, कलाकार, पत्रकार ब्यावसायी, सर्वसाधरण सबैलाई यो संदेश घर–घरमा पु¥याई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनहुन समेत अनुरोध गरिएको छ ।

नोट - बर्तमान अवस्थालाई मध्यनजर राख्दै उपस्थित सबैले माक्स प्रयोग गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ ।