
✍हाम्रो आवाज न्यूज । कोलोराडो राज्यको दुई शहर लुइसभिल र सुपीरियरका बासिन्दाहरूलाई ८०-१०० माइल प्रतिघण्टा हावा हुरीका गतिको कारण दुई सय भन्दा बढी घर अपाटमेनहरु विद्युत सर्ट भई कम्तिमा छ जनाको आगोको कारण घाइते भएर उपचार भइरहेको युसिहेल्थका प्रवक्ताले सिएनएनलाई बताएका छन ।
सो शहरबाट नेपालीहरुको बाग्लो बसोबास रहेको बोल्डर शहर ४ माईलको दुरीमाछ भने हावा हुरीको प्रभाबले आज बिहिबार दिनभरी जनजिबन अस्तब्यास्त रहेको थियो । बोल्डर काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयले लुइसभिलका बासिन्दाहरूलाई सजक रहन सामाजिक संजालबाट ट्वीटमा उक्त अनुरोध गरेको छ ।
अमेरिकी जनगणना विभागका अनुसार लुइसभिलमा २१,००० र सुपीरियरमा १३,००० बासिन्दा रहेको बताएको छ। ८०-१०० माइल प्रतिघण्टाको गतिमा फैलिएको हावाको आँधी अवलोकन गरिएको छ, मौसम बिद्दहरुले जनाएका छन ।