
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपालमा शान्तिपूर्ण आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाको सम्झनामा कोलोराडमोमा दिप प्रज्वलन तथा शोकसभा सम्पन्न भएको छ ।

एनआरएनए कोलोराडो च्याप्टरको आयोजना तथा स्थानिय संघ संस्था र नेपालीभाषी समुदायका जेनजी पुस्ताका यूवायूवतीहरूको उल्लेख्य सहभागीतामा दिप प्रज्वलन तथा शोकसभा सम्पन्न भएको हो ।

नेपाली सांस्कृतिकक केन्द्र नेपाली घरको प्राङ्गणमा अयोजित कार्यक्रम साँझ ७.३० बजेपछि सुरु भएको थियो । कार्यक्रमको शुरूमा दिवंगत युवाहरूको संझनामा एक मीनेट मौनधारण गर्दै अगाडी बढाइएको कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका पदाधिकारी , एनआरएनए एनसीसीका पदाधिकारी, स्थानिय संघ संस्थाका पदाधिकारी र जेनजीहरूले शोक मन्तब्य राखेका थिए । उनिहरूले निर्दोष युवाहरूको बलिदानलाई सम्मान गर्दै अत्माको चीरशान्तिका लागि दीप प्रज्वलन तथा शोकसभा कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

बिशेषगरी जेनजीहरूले यस बलिदानले भ्रष्टाचार र दमनविरुद्ध नेपाली युवाको संघर्षलाई अझ सबल बनाएको र हजुरबुबा पुस्ताका भ्रष्टाचारीहरूबाट देशले मुक्ति खोजेको बताएका थिए ।

अमेरीकामा यस्तै किसिमका कार्यक्रम कोलोराडोको नेपाली संस्कृतीकेन्द्र भवन वेस्टमिनिष्टर, कोलोराडो स्प्रिङमा मात्र होइन अमेरीकाको धेरैजसो स्टेटका बिभिन्न शहरमा नेपाली समुदायले आयोजना गरिरहेका छन् ।
