कोलोराडोमा दशैंतिहार शुभकामना कार्यक्रम आयोजना हुदै।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपालीको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरु एकैठाउमा जम्माभई  एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै नेपालीभाषीहरुको सहभागीतामा यही अक्टोबर १८ तरिक शनिबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपालीभाषीमाझ भाषा, संस्कृती, पहिचान र रितीरिवाजलाइ निरन्तरता दिदैआएको  साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालले हरेकबर्ष दशैंतिहार शुभकामना सांझ कार्यक्रम आयोजनागर्दै आएको थियो । यसबर्ष भने मातृभुमीमा हालै भएको जेनजी आन्दोलनका क्रममा ज्यान बलिदान दिएका सहिदहरुको  सम्मान र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनागर्दै सांस्कृतिक सांझ कार्यक्रमलाई स्थगीत गरी एकता, भातृत्व र संस्था सवलीकरणका लागी शुभकामना आदान प्रदान कार्यक्रममात्र आयोजना गर्न लागीएको संस्थाका उपाध्यक्ष हरी गुरुङले बताएका छन् ।

दिउसो २ बजेदेखी सांझ ५ बजेसम्म आयोजनाहुने शुभकामना आदानप्रदान कार्यक्रमा यहा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यवसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकी, नेपाली तथा नेपालीभाषी बुबाआमा, दाजुभाई दिदीबहिनी सवैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको भाषा, संस्कृती संरक्षण र पहिचाहनमा  सहयोग पु¥याई दिनुहुन रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका उपाध्यक्ष हरी गुरुङले अनुरोध गरेका छन् ।

सबै नेपालीहरु एकै ठाउंमा भेला भई एक आपसमा भलाकुसारी गर्दै नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गर्न पाउने महत्वपुर्ण अवसर हो । त्यसैले आफ्ना साथी भाइ, ईष्ट मित्र , छर छिमेक, सबैलाई खरगरी, कार्यक्रममा सहभागीभई सहयोग गरिदिन हुन समेत संस्थाले बिभिन्न सामाजिक सञ्जाल मार्फत निमन्त्रणा पठाएको छ ।