
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ ।

कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो । यस अघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदान सहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम हुन लागेको हो ।

यसरी देउसी भैलो खेलीने स्थानहरुमा कोलोराडोको दक्षिणी क्षेत्र अरोराको सेन्टेनियल र नेपाली सांस्कृतीक केन्द्र नेपाली घर रहेका छन् । अरोराको सेन्टेनियलमा स्थानीय समाजसेवी राज ढुंगानाको संयोजनमा अक्टोबर १७ तारीक शुक्रबार सांझ ५ बजे देखी राती १० बजे सम्म देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका बरिष्ठ उपाध्यक्ष गंगा चौलागाइले बताएका छन् ।

यसैगरी नेपाली सास्कृतीक केन्द्र नेपाली घरमा नेपाली घरका बोर्ड अफ डिरेक्टर चन्द्रकान्त अधिकारीको संयोजन तथा कल्चर एण्ड ईभेन्ट अफिसर दिनेश कार्कीको सह संयोजनमा अक्टोवर १९ तरिक आइतबार सांझ ५ बजेदेखि ९ बजेसम्म देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।
बिशेष गरि नया पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको हो यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचान गराउने नेपाली घरका अध्यक्ष लम्सालले बताएका छन् । उनले नेपालीभाषी समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र भवनको मर्मत संभार तथा मर्गेज तिर्न सहयोगकोलागी पनि देउसी भैलो खेल्न लागिएकोले कार्यक्रममा सहभागी भई यथासक्य दानगरि सहयोग गरिदिनु हुन सबैलाई अनुरोध गरेका छन् ।
देउसी भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने गन्य मान्य, समाजसेवी, कलाकार, पत्रकार, बुद्धिजिवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकहरुले सकेसम्म सबैलाई आ–आफ्नो जातीय पहिरहन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृती सिक्ने र सिकाउने वाताबरण बनाई दिनु हुन आग्रह गरेका छन् । छुट्टै जातीय पहिरहन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको छ ।
कोलोराडोमा नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाको सहभागीतामा हरेक बर्ष देउसी भैलो कार्यक्रम आयोजना हुदै आएको छ ।