अमेरिकाको कोलोराडो राज्यमा भारी हिमपात ।

✍️हाम्रो आवाज न्यूज /  अमेरिकाको कोलोराडो राज्यमा आजआपतकाल घोषणा गरिएको छ । कोलोराडोको बिभिन्न शहरहरुमा ३ देखि ६ इन्जसम्मको हिउँ जमेपछि आपतकाल घोषणा गरिएको हो ।

कोलोराडोमा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन स्टेट सरकारले सर्वसाधारणलाई अपील गरिएको छ । यातायातका साधन सञ्चालन अवरुद्ध भएका कारण कोलोराडोका कम्पनी,विद्यालय, कलेजहरु बन्द गरिएका छन् ।

भारी हिमपातका कारण डेन्भर अन्तराष्ट्रिय बिमानस्थलमा २ हजार हवाई उडानहरु रद्द भएका छन् । हवाई सेवा अवरुद्ध भएका कारण सयौं यात्रु गन्तब्यमा पुग्न सकेन्न भने केही यात्रुहरु बिमानस्थल मै बस्न बाध्य भएका छन् ।

भिडियो लिंक

https://www.facebook.com/hamroawaznews/videos/1825228597651563/