कोलोराडो स्थित नेपाली संस्कृतीक केन्द्रमा उल्लेख्य जनसहभागीताका साथ होली सम्पन्न।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।कोलोराडो निवासी नेपाली भाषीले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप , सद्भाब संगै असत्य माथी सत्यको विजय भएको खुसीयालीमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् ।

नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा शनीबार दिउसो १ बजे देखी ४ बजे सम्म नेपाली सांस्कृतीक केन्द्रमा आयोजित कार्यक्रममा होलीको शुभकामना साटासाट गर्दै आपसमा रंग लगाइ उनीहरुले होली मनाएका हुन् ।

कार्यक्रमको शुरुमा पंण्डीत जिवन बराल गुरुले बिधिबत पुजा सम्पन्न गरी होलीको महत्व प्रकास पार्नु भएका थियो ।  त्यसपछि उहाले सबैलाई प्रसाद लगाई दिएपछी एक आपसमा रंग लगाउने कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा कोलोराडोमा कृयासिल संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसायी, कलाकार, पत्रकार, नेपाल र नेपालीको संस्कृतीलाई मनपराउने स्थानीय तथा नेपाली बा, आमा, दाजुभाई दिदी बहिनीको बाक्लो उपस्थिती रहेको थियो ।

नेपाली संस्कृतीक केन्द्रको प्राङ्गणमा जम्मा भएका नेपाली भाषी दाजुभाई, दिदी बहिनीहरु हातमा बिभिन्न थरीका रंग लिएर आ–आफ्ना दौतरिहरुलाई लगाउन व्यास्थ देखिन्थे । होली गीतको तालमा नाच्दै होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा भएपनी नेपालीहरु आफ्नो संस्कृती र चाडपर्बको जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष बसन्त लंम्सालले कार्यक्रममा उपस्थित सबैलाई स्वागतगर्दै हाम्रो भाषा संस्कृती संरक्षण तथा बाल बालिका तथा स्थानीयलाई यसको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए । उनले हाम्रो आस्थाको केन्द्र आफ्नै भवनमा कार्यक्रम आयोजना गर्न पाउंदा गर्वको महसुस भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । बिधिबत् पुजा र टिकापछी  प्रसाद खादै होली खेल्न शुरुगरीएको थियो ।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत रुपमा होलीसुरु भएको मानिन्छ । नेपालको पाहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन र मधेसमा त्यसको भोलीपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपाल संगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, क्यानडा, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगाएतका देशहरुमा भब्यताका साथ मनाईन्छ ।

दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आङ्खना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्रमाबाट आगोले छुन नसक्ने बरदान पाएकी आङ्खनी बहिनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही बेला देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ ।

यि र यस्ता हिन्दु संस्कृती तथा परंपरा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्य माथी सत्यको विजय भएको खुसियालीमा यो पर्व मनाईने चलन रहेको छ ।