कोलोराडोमा नेपालीभाषीको लगानीमा ठुला ब्यावसाय धमाधम खुल्दै।
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।मातृभुमीबाट अवशरको खेजिमा अमेरीका आइपुगेका नेपालीभाषीहरूले साना ब्यावसायमात्र होइन एक पछि अर्को गर्दै ठुला ब्यावसायमा लगानीगर्न थालेका छन् ।
बिशेषगरी नेपालीभाषीहरूको लगानीमा रेष्टुरेण्ट, ग्यास स्टेशन साना ग्रोसरी पसल र पार्लर ब्यावसाय सयौंको संख्यामा रहेको कोलोराडोमा अव बिस्तारै उनिहरूको ध्यान ठुला ब्यावसाय तर्फपनि मोडिन लागेको हो ।
यसरी ठुला ब्यावसाय खोल्ने क्रममा केही ब्यावसायीहरूले अमेरीकाको सबै स्टेटलाइ लक्ष्यगरेर खोलेका छन् भने कसैले कोलोराडोलाइ मात्र लक्ष्य गरेर खोलेका छन् । यसैक्रमममा कोलोराडोका साउथएसियन ग्रोसरी, रेष्टुरेण्ट र क्याट्रिन ब्यावसायीहरूलाइ लक्ष्यगरी नेपालीभाषीको लगानिमा कोलोराडोको अरोरामा शनिबार देखि होलसेल पसलको शुभारम्भ गरिएको छ ।
अरोरा पार्कर (3055 S Parker Rd. Aurora CO.80014) स्थित लक्ष्मीफुड्स होलसेल एण्ड रेष्टुरेण्ट सप्लाइको शनिबार बिहान एक समारोह बिच स्वाद, राजाफुड र पटेल ब्रदर्शका प्रोपाइटर स्वोयत्तल पटेलले रिवन काटेर उद्घाटन गरेका हुन् । अरोरा निवासी कृष्ण काफ्लेको लगानिमा खोलिएको यस होलसेल पसल हरेक हप्ता सोमबार देखि शनिबारसम्म बिहान ८ बजेदेखि साझ ५ बजेसम्म खोलिने र आइतबार बन्दहुने काफ्लेले बताएका छन् ।