कोलोराडोमा डा.रबिता पाठक ओझा फाउन्डेसनको फण्ड रेजिङ इभेन्ट सम्पन्न।
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।कोलोराडोमा डा. रबिता पाठक ओझा फाउन्डेसनको लागी आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले आयोजना गरिएको दोश्रो फण्ड रेजिङ इभेन्ट सम्पन्न भएको छ ।
डा. रबिता पाठक ओझा फाउन्डेसनको आयोजना तथा अल स्टेट इन्सुरेन्स सुनिल पाठक एजेन्सीको संयोजनमा यहां सकृय सबै संघ संस्था, समाजसेवी बुद्धिजिवी, ब्यवसायी सबैको सहभागीतामा शुक्रबार ब्राइटन शहरमा गाला नाइट सम्पन्न भएको हो ।
स्थानीय ब्राईटन सिटीका मेयर Greg Mills को प्रमुख आतिथ्यतमा र बोल्डरका मेयर Aron Brockett तथा हेल्पीङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी बुद्धिजिवी, समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार तथा स्थानीय चन्दादाता, नेपालीभाषी बाआमा दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
नेपाल र अमेरीकाकाको राष्ट्रियगान गाएर अगाडी बढाइएको कार्यक्रममा मेयरहरु लगाएत सम्पूर्ण उपस्थित महानुभावहरु स्वागत गर्दै फाउन्डेसनको ईतिहास र बर्तमान अवस्थाको बारेमा फाउन्डेसनका CEO सुनिल पाठकले जानाकारी गराएका थिए ।
समारोहमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी लगायत बिशिष्ट अतिथीहरुले कार्यक्रम सफलताको शुभकामना दिदै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । समाजसेवी नारायण श्रेष्ठले फाउण्डेसनको इतिहास र बर्तमान अवस्थाबारे थप प्रश्ट्याउदै सबैलाई यथासक्य सहयोग गर्न अनुरोध गरेका थिए ।
डा. रबिता पाठक ओझा नेपाल आर्मिको क्याप्टेन थिइन । बिरामीको उपचार गर्नजाने क्रममा नेपालको नेपालगञ्जमा सन् २०११ अक्टोबर ११ मा प्लेन क्रयासमा परेर निधन भएको थियो । नेपालको चितवन जिल्लामा जन्मिएकी उनै पाठकको स्मृतीमा उनका दाजु सुनिलले फाउन्डेसन स्थापना गरेका हुन् । संकलित आर्थिक सहयोगबाट नेपालमा आखा अस्पताल, हेल्पीङ हेण्ड हेल्थ एजुकेशन र डा. रबिता पाठक ओझा फाउन्डेसनको संयूक्क्त आयोजनामा चितवन लगायत नेपालको दुर्गम जिल्लाका पिछडिएका समुदायमा हेल्थ क्याम्प, नेपालको अस्पत्तालहरुको क्षमता अभिबृद्धीकोलागी आवश्यक औजार तथा औषधी चश्मा लगायतका सामग्री बितरण गर्दै आएको छ ।
निशा पाठक द्धारा संचालित कार्यक्रममा सहभागीहरुलाई थप मनोरञ्जन प्रदानगर्न स्थानीय कलाकार भाइबहिनीहरुले कुशल नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रममा Libby Live Auctions को माध्यमबाट पनि थप सहयोग संकलन गरिएको थियो ।