कोलोराडोको लङमन्टमा आयोजना हुने नेपाली जात्रामा हिरण्य भोजपुरे दम्पत्ती स्थानीय सिटीद्वारा अभिनन्दित हुदै।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्ट सिटीमा आयोजना हुने नेपाली जात्रामा कलाकार तथा समाजसेवी द्धय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई स्थानीय लङमन्ट सिटीले अभिनन्दन गर्ने भएको छ ।

हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवै नेपाली गीत, संगीत, कला र साहित्यका बिशिष्ठ प्रतिभा हुन । दुबैले बिगत ६ दसक देखि नेपाली गीत संगीत र साहित्यको सेवामा अनवरत लागिरहेका छन । यी दुबै नता सम्बन्धले श्रीमान श्रीमती पनि हुन । यिनीहरूले सन् १९६७ देखी लेकाली परिवार ब्याण्डमा अबद्द भइ  एकल वा संयुक्त रुपमा धेरै गीत संगीतमा स्वर भरेका छन । नेपाली समाज र नेपाल राष्ट्रको सेवामा उनिहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोरडोवासि नेपालीहरुको पहलमा Longmont city मार्फत उनीहरुलाई अभिनन्दन गर्न लागिएको हो।

हिरण्य भोजपुरे नेपाली  गीत,संगीत र साहित्यका प्रतिष्ठित व्यक्तित्व हुन । बिसं १९९९ मा  भोजपुर जिल्लामा  जन्मीएका भेजपुरेले साठीको दशकमा गणेश रसिकसँग मिलेर प्रभावशाली लेखाली ब्यान्डको सह स्थापना गरे । जसले ग्रामीण विषयवस्तुहरूलाई साधारण भाषामा मिसाएर सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्ने नेपाली संगीतको एक अनौठो शैलीको नेतृत्व गर्‍यो । लहरा पहारा छहरा को देश , हर हर महादेव पानी दे जस्ता गीतहरू आजसम्म उत्तीकै लोकप्रिय छ ।  संगीत संगै उनको लेखनमा पनि उत्तिकै रूची रहेको छ ।  निबन्ध, उपन्यास, र छोटो कथाहरू समेटेर धेरै पुस्तकहरू प्रकाशन गरेका छन ।

त्यसैगरी पूर्व सचिव, गायीका तथा समाजसेवी उर्मिला श्रेष्ठलाई प्रेरणा र महिला सशक्तिकरणको स्रोतको रूपमा चिनिन्छ ।  जसले आफ्नो कलात्मक, गायन र लेखकको रूपमा आफ्नो प्रतिभालाई नेपालको सरकारी सेवामा प्रतिष्ठित करियरसँग मिश्रण गरेकी छिन ।  उहाँले महिलाहरूको उत्थान र लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने विभिन्न परियोजनाहरूको नेतृत्व गरेकी छिन ।  एक सफल कलाकार र गायिका रूपमा, उर्मिलाले आफ्नो सिर्जनात्मक अभिव्यक्तिहरू मार्फत नेपाली कला संस्कृतिलाई समृद्ध बनाएकी छन । नेपाल र नेपालीहरूका लागी यस्ता अमुल्य योगदान पुर्रयाएका जोडीको उच्च कदर गर्दै लङमन्ट सिटीले अभिनन्दन गर्न लागेको जनाएको छ ।

नेपाली जात्रा स्थानीय सरकार तथा स्थानीय संघ संस्थाहरूको  सहयोग तथा समन्वयमा लङमन्टमा सन् २०२२ देखी आयोजना हुदै आएको छ । स्थानीय सुनन्दा डंगोलको संयोजन तथा कोलोराडोमा कृयाशिल नेवाःखलः, INLS, नेपाली घर लगायत  बिभिन्न नेपाली संघ संस्थाहरुको बिशेष प्रस्तुती रहने नेपाली जात्रा यही जुलाई २० तारिक शनिबार  दिउसो ३.३० देखि सांझ ७ बजेसम्म लङमन्ट डाउनटाउन आयोजना हुदैछ ।  जात्रामा लाखे, कुमारी, लाइभ ब्याण्ड, तथा अन्य बिभिन्न  सांस्कतिक कार्यक्रमहरू प्रर्दशन गरिने योजना रहेको सुनन्दाले बताएकी छिन । त्यसैगरी जात्रामा स्थानीय बोल्डर काउन्टीले के कस्ता सेवा तथा सुबिधाहरु दिदै आएको छ भन्ने जानाकारी दिने स्टल लगायत अन्य बिभिन्न सुचना मुलक स्टलहरु रहने छन ।

हामी नेपालीहरुले अहिले सम्म हाम्रै समुदाय लक्षित कार्यक्रम मात्र गर्दै आएका छौ । यसबाट यहाका स्थानिय सरकारलाई हामी को हौं, काहांबाट आयौ,  हाम्रा सांस्कृतिक चाल चलन के कस्ता छन् भन्ने केही थाहा हुदैन । तर यो नेपाली जात्रा कार्यक्रम भनेको यहाका स्थानीय दर्शक लक्षित कार्यक्रम हो । सबै दर्शकहरुलाई निशुल्क प्रवेश हुने कार्यक्रम भएकोले यहाका स्थानीयको उल्लेख्य सहभागीता रहने डंगोलको विश्वास  छ । जसबाट हाम्रो परिचय संगै थोरै भएपनि नेपाली भाषा संस्कृतीको संरक्षण तथा पहिचाहनमा टेवापुग्ने उनको दावी छ ।

स्थानीय आदिवासी धेरै कम भएको अमेरीकामा संसार भरीका मानिसहरुको बसोबास रहेको छ । बिभिन्न देशका मानिसहरु आउंदा उनिहरुको भाषा संस्कृती संगै आएको हुन्छ ।  त्यस्ता भाषा संस्कृतीको जगेर्ना गर्न यहाका हरेक सिटीले कार्यक्रम बनाएको हुन्छ । त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरेर  यिनीहरुका माझ कार्यक्रम देखाउदै जान सकेमात्र नेपाल र नेपालीको पहिचाहन बिश्वभर  गराउन सकिन्छ ।