
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका ।बहुचर्चित गीतहरु गलबन्दी, पीर, बोलमयां लगायतका गीतहरु गाएर चर्चित बनेका गायक प्रकाश सपुतले आगामी मे १४ तारीक शनीवार कोलोरामा सांगितीक प्रस्तुती दिने भएका छन् ।
उत्तर अमेरीकाको विभिन्न शहरमा सांगितीक कार्यक्रम गर्ने उद्धेश्यले अमेरीका आएका प्रकाशले आगामी शनिवार साझ डेनभर साउथ हाईस्कूलमा आफ्नो प्रस्तुती दिन लागेका हुन् ।
Sister Group दिदी बहिनी समुह कोलोराडोको आयोजामा ( Denver South High School 1700 Louisiana Ave. Denver CO.80210) सांझ ५ बजे देखि राती १० बजे सम्म सञ्चालन हुने कार्यक्रममा स्थानिय कलाकारहरु महादेव त्रीपाठी, संझना पाण्डे, बसन्त लम्साल, दिपक गौतम, मनोज तुलाधर, रुपेश न्यौपाने, ऐश्वर्या तिवारी लगायतका कलाकारहरुको पनि प्रस्तुती रहने दिदी बहिनी समुहका संयोजक धन पौडेलले बताएकी छन् ।
दुई बर्ष भन्दा बढि कोरोनाको त्रासले कुनै ठुलो मनोरञ्जनात्मक कार्यक्रम हुन सकेको छैन । यस्तो अवस्थामा नेपाली भाषी दाजु भाई दिदी बहिनीहरु भेलाभई नाचगानको माध्यमबाट मनोरञ्जन गरी लामो समय देखि मनमा रहेको डर त्रास भगाउदै दैनिक जिवनलाई लयमा फर्काउन राष्ट्रिय स्तरका कलाकार मार्फत कार्यक्रम आयोजना गर्न लागिएको पौडेलले बताएकी छन् ।
बिगत लामो समय देखि सामाजिक सेवामा सकृय दिदी बहिनी समुहले कोलोराडोमा नेपाली समुदायमा बिभिन्न सहयोगहरु पु¥याउदै आएको छ ।
यस कार्यक्रमबाट संकलित रकम पनि खर्च कटाएर सबै सामाजिक क्षेत्रमा खर्च गरिने संस्थाले जनाएको छ । शुरुमा टिकट दर २५ राखेर अरोरामा कार्यक्रम गर्ने भनिएकोमा टिकटको माग अत्याधिक भएपछि टिकट दर घटाएर १ जनालाई १५ र कपललाई २५ बनाई स्थान समेत परिवर्तन गरी ठुलोहलमा कार्यक्रम गर्न लागीएको बताईएको छ ।
बेलैमा आफ्नो सिट सुरक्षित राख्न आफुलाई नजिक पर्ने निम्न महानुभावलाई सम्पर्क गरी टिकट लिन सकिने जनाईएको छ । सम्पर्क ब्याक्तीहरु श्रुती पाण्डे ३४७ – ६०५–४७०९, दीलकुमारी श्रेष्ठ ७२०–३४५–९८८५ ,प्रकाश पौडेल ३०३–२५०–६३२३, पुण्य ढकाल ३०३–४७५–४१०४ र शान्ति भुषाल ७२०–६४८–८१९५ रहेका छन् । कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न बिभिन्न संस्था तथा दाताहरुबाट सहयोग आएको र आउने क्रम जारी रहेको बताईएको छ ।
पछिल्लो समय पीर बोलको गीतबाट चर्चाको शिखरमा पुग्न सफल कलाकार प्रकाश सपुत हाम्रै घर आगनमा आईपुगेको मौकामा प्रत्यक्ष भेटी उनका चर्चित गीतहरु मार्फत उनी संगै रम्न पाउने अवशर नगुमाउन समेत आयोजक संस्थाका पदाधिकारीहरुले सबैलाई अनुरोध गरेका छन् ।