✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नियमित रुपमा रक्तदान गरौं र जीवनदान गरौं भन्ने मान्यतालाई मनन गर्दै कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर र रिभाईभ मेडिकल वेलनेसको संयुक्त आयोजनामा Vitalant Blood Donation Center, Westminster, Colorado मा रक्तदान सम्पन्न भएको हो । कार्यक्रमा ११ जनाले रक्तदान गरेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष तथा रीभाईभ मेडिकल वेलनेसका मेडिकल डाइरेक्टर डा.शारदा त्रिपाठीले बताएकी छिन् ।
यसरी स्वतस्फुर्त नियमित रुपमा रक्तदान गर्नेहरु मध्ये टीका पौडेलले ३७ औं पटक रक्तदान गरेका छन् । त्यस्तै अन्य रक्तदान गर्नेहरुमा श्रीराम लुईंटेल, बिनिता वाग्ले, अनिल बज्राचार्य, प्रतिभा बज्राचार्य, विकाश त्रिपाठी, सुनिता दहाल, Nichole Haliw, Marcus Haliw, Shannon Conner र Aaron Conner रहेका छन् ।
रक्तदान जस्तो पूण्य कार्यमा भविष्यमा पनि लागी रहन अभिप्रेरित गर्दै सबै रक्तदान गर्ने महानुभावहरुलाई ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठले धन्यबाद दिएका छन् ।