कोलोराडोमा नेपाली भाषा पाठशालाको सहयोगार्थ सागितीक साझ कार्यक्रम आयोजना गरिदै ।

✍️नातिबाबु भट्ट,कोलोराडो, अमेरीका। नेपाली भाषा पाठशालाको सहयोगार्थ कोलोराडोमा पुरुषोत्तम न्यौपाने सांगितीक सांझ कार्यक्रम आयोजना गरिने भएको छ ।
एनआरएन कोलोराडो च्याप्टर र अनेसास कोलोराडो च्याप्टरको संयुक्त आयोजनामा आगामी अक्टोवर २३ तारिक शनिवारका दिन कार्यक्रम आयोजना गरिन लागिएको हो ।

डेनभर स्थित याक एण्ड यती रेष्टुरेण्टमा आयोजना गरिन लागिएको कार्यक्रमलाई भब्यताका साथ सफलपार्न  एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आर सी पन्त र  अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौलाको संयोजनमा ९ सदस्सिय एक कमिटी गठन गरिएको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष पन्तले बताएका छन् । यसरी गठन गरिएको कमिटीका अन्य सदस्यहरुमा प्रकाश पौडेल, शंकर गुरुङ, किरण अधिकारी, विजयदेव अधिकारी, दिलकुमारी श्रेष्ठ, शुसिल दहाल र निर्मला अर्याल रहेका छन् ।

यस कार्यक्रमको मुख्य प्रायोजक याक एण्ड यती डेनभर रहेको छ भने, प्रमुख सल्लाहकार बासुदेव खनाल रहेका छन् । यसैगरी प्रमुख गायक पुरुषोत्तम न्यौपाने संगै स्थानिय कलाकारहरु दिपक गौतम र संझना पाण्डे लगायतका कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । । यहां कृयाशिल सबै संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धीजिवी,  समाजसेवी, कलाकार, पत्रकार ब्यवसायी, सर्वसाधरण सबैलाई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु अनुरोध गरिएको छ ।

प्रवासमा जन्मे हुर्केका बाल बालिकाहरुलाई नेपाली भाषा तथा संस्कृती सिकाउने उद्धेश्यले यस अघि कोलोराडोको लङमन्ट, अरोरा लगायतका बिभिन्न शहरमा भाषा पाठशाला संचालनमा आएर पनि बिभिन्न कारणबाट निरन्तरता पाउन सकिराखेका छैनन् ।