कोलोराडोमा सरस्वती पूजा संगै बाल प्रतिभा प्रश्तुती सम्पन्न।

✍️नातिबाबु भट्ट,कोलोराडो,अमेरीका।नेपाली भाषा, साहित्य, कला तथा संस्कृती जोगाई राख्ने उद्धेश्यले आयोजना गरिएको सरस्वती पूजा तथा बाल बालिकाहरुको प्रतिभा प्रश्तुती कोलोराडोमा शनिबार सम्पन्न भयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर, नेपाली भाषा पाठशालाको आयोजनामा बसन्त पञ्चमीको अवसर पारेर बिद्याकी देबी सरस्वतीको पूजा आरधाना संगै भाषा पाठशालाका छात्र छात्राहरुको प्रतिभा प्रश्तुती  समारोह सम्पन्न गरिएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, बाल कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा बालिकाहरुका अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

नेपाल र अमेरीकाको राष्टियगान बजाएर शुरूगरीएको कार्यक्रमा भाषा पाठशालाका गुरुहरु तथा बाल बालिकाका अभिभावकले बिधिबत सरस्वती पुजा गर्दै कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा उपस्थित संम्पूर्ण बालबालिका तथा अभिभावकहरुले संगै उपस्थित सबैले सरस्वतीमाताको पुजा आरधाना गरी प्रसाद ग्रहण गरेका थिए ।

कार्यक्रमको दाश्रो चरणमा भाषा पाठशालाका बिद्यार्थीहरुको प्रतिभा प्रस्तुती कार्यक्रम रहेको थियो । साना बाल बालिकाहरुले कुशलता पूर्वक आ आफ्नो प्रतिभा प्रश्तुत गरेका थिए ।  बालबालिकाहरुले नेपाली पहिरहनमा सजिएर कुशल नृत्य, कविता वाचन, सरस्वती पुजाबारे जानाकारी, गाउंघरका सासु बुहारी, समाझ र स्वास्थर्कायकर्ता संग संम्बधित नाटक,  लगायत बिभिन्न ज्ञानगुनका कुरा बताएर आफ्नो कला  पश्तुत गरेका थिए ।

यसरी प्रतिभा प्रश्तुत गर्ने बाल कलाकारहरूमा प्रान्जिलाले सरस्वती वन्दना र नृत्य,  दर्शनाले नृत्य, रचित र रुसिलले सरस्वती स्तोत्र , आश्रिता कटुवाल, आरती कटुवाल, प्रियंका श्रेष्ठ, परी श्रेष्ठ, मान्यता रुपाखेतीबाट सामुहिक नाटक, प्रसिद्धि, काशभी, कृषाबाटलनृत्य , कृञ्जलबाट कथा वाचन,  माया ज्ञवाली र स्नेहा ज्ञवालीबाट नृत्य लगायतका रहेका थिए ।

कार्यक्रमको अन्त्यमा नृत्य पाठशालाका छात्रछात्राहरूबाट सामूहिक नृत्य प्रर्दशन गरिएको थियो ।  कोलोराडोको अरोरा र  वेष्टमिनिष्टरमा बिगत केहीबर्ष अघिदेखी नेपाली भाषा कक्षा संचालन हुदै आएको छ । नृत्य पाठशाला भने यसबर्ष देखी मात्र शुरु गरि १२ हप्ता संचालन भएर आजै सम्पन्न गरिएको हो । नृत्य कक्षामा २५ जना नेपाली बालबालिका सहभागी भएको प्रशिक्षक बब्लु थापाले बताएका छन् ।

समारोहमा साना बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने कार्यक्रमा समेत संचालन गरिएको थियो । कार्यक्रमको पहिलो सत्र धन पौडेलले संचालन गरेकी थिइन भने दोश्रो चरणको कार्यक्रम  प्रेयांका श्रेष्ठले संचालन गरेकी थिइन् ।  कार्यक्रममा सभापती तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले कार्यक्रमलाई सफलताको साथ सम्पन्न बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागी बाल कलाकारहरूलाइ कार्यक्रमका अतिथी र कार्यक्रम आयोजक संस्थाका पदाधिकारीहरूले प्रमाणपत्र प्रदानगरी सम्मान गरेका थिए ।

आफ्नो भाषा सस्कृती आफ्ना भावी पुस्तामा जस्ताको तस्तै हस्तान्तरण गरी यसको संरक्षण गर्न आफ्नो पहिचाहन जोगाई राख्न प्रवासमा यस्ता कार्यक्रमहरु संचालन हुदै आएको छ ।

नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वभर सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा बिभिन्न कार्यक्रमहरुको आयोजाना हुदै आएको छ ।