कोलोराडोमा माघे संक्रान्ती सास्कृती कार्यक्रम हुने ।

हाम्रो आवाज न्युज । जहाँ रहे पनि,जहाँ बसे पनि , नभुलौ हाम्रो मातृभूमीलाई,जोगाइराखौ युगौ युग हाम्रो कला सस्कृतिलाई,भन्ने मुल नाराको साथ  मगर संघ कोलोराडो च्यापटरको आयोजनामा माघेसाक्रन्ती सास्कृतिक कार्यक्रम यही जनवरी १५ मा हुने भएकोछ । सो कार्यक्रममा राष्ट्रिय कलाकरहरु दिपेश किशोर भट्टराइ , संगीता थापा मगर ,बब्बु थापा,शशी रावल ,रुपेश न्यौपानेको प्रस्तुती रहनेछ ।

हाम्रो आवाज संगको छोटो कुराकानिमा मगर संघ अमेरिकाका सदस्य टेक थापाले कोलोराडो बासी नेपाली भाषी सबै नेपाली संघ संस्थाका प्रतिनिधिहरु तथा दाजु भाइ दिदी वहिनीहरु सबैजना उपस्थित भएर सांगीतिक माहोलमा रमाउन हार्दिक आग्रह गर्नु भयो ।

कार्यक्रम हुने मिती र स्थान
 January 15 2022
Time - 5 pm to 10 pm
Yak and yeti Event center
8659 Sheridan Boulevard Westminster Colorado Co 80003 .