कोलोराडोमा दिदीबहिनी समुहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम आयोजना हुदै।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी  दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक रुपमा दरखाने भएका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस नहोस र  सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै,  माईतीको झल्को मेटाउन  सिष्टर्स गु्रप दिदी बहिनी समुह कोलोराडोले यसबर्ष पनि दरखाने कार्यक्रम आयोजना गर्न लागेको संयोजक धन पौडेलले बताएकी छिन् । यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन सहयोग पुग्ने उनको ठम्याइ  छ ।

कार्यक्रम यही अगष्ट ३१ तारिक शनीबार सांझ ५ बजे देखी राती १० बजे सम्म ( 8971 Yates St. Westminster CO. 80031) मा संचालन हुने  छ । कार्यक्रम बारे फेसबुकमा ईभेन्ट बनाएर राखिएको र यदी कसैले संस्थाको फेसबुक फलो गर्न सक्नु भएको छैन भने यसै सुचनालाई आधार मानी कार्यक्रममा सहभागी भइ भब्य र सभ्य तरिकाबाट सम्पन्न पार्न सहयोगको लागी संयोजक पौडेले सबैलाई अनुरोध गरेकी छिन् ।

कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी  तथा नेपालीको भाषा संस्कृती मनपराउने  सबै दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा स्वागत गरिने पौडेले बताएकि छन् । कार्यक्रमबारे कसैलाई पनि परिपत्र नगरिएको हुदा  सबैलाई चुले निम्तो सहित खुल्ला निमन्त्रणा गरिएकोले यसै निमन्त्रणालाई स्विकारी कार्यक्रममा सहभागी भई भब्य र सभ्य तरिकाबाट सफल बनाउन सहयोगको लागी उनले अनुरोध गरेकी हुन् ।

त्यसैगरी बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि कार्यक्रमलाइ सफलताकासाथ सम्पन्न पार्न अन्य संघसंस्था तथा दाताहरुबाट  सहयोगको अपेक्षा गरिएको र सहयोग गर्न चाहनुहुने महानुभावहरूले Sistersgroupden@gmail.com मा सिधा zelle गर्न सकिने संयोजक  पौडेलले बताएकी  छन् ।