✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आगामी आइतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्ही मनाउने भएका छन् ।
कोलोराडो नेवाः खलःले आयोजना गर्ने योमरी पुन्ही कार्यक्रममा बाल बालिकाहरु सहभागी गराई कार्यक्रम स्थलमानै योमरी बनाउन सिकाई, उपस्थित सबैलाई तातो तातो योमरी बितरण गरी योमरी पुन्ही मनाउने कार्यक्रम रहेको नेवा खःलका अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।
नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा आगामी डिसेम्वर १५ तारिक आईतबार दिउसो १ बजेदेखी ४ बजेसम्म आयोजना हुने योमरी पुन्ही कार्यक्रममा सहभागी हुन रजिष्ट्रेसन शुल्क सहयोग स्वरुप प्रतिब्यक्त्ती १० डलर राखिएको छ भने, १० बर्ष मुनिका बाल बालिकाहरुलाइ ५ डलर राखिएको छ । अनलाइन रजिष्ट्रेशन खुलिसकेको हुनाले कार्यक्रममा सहभागी हुन इच्छुक सबै महानुभावहरुलाइ रजिष्ट्रेशन गरिदिनुहुन अध्यक्ष श्रेष्ठले सबैलाई अनुरोध गरेका छन् । कोलोराडो स्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धीजिवी, कालाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु हुन समेत उनले अनुरोध गरेका छन् ।
ऐतिहासिक कथन अनुसार पाञ्चाल देश हालको पनौतीमा शुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पत्ती बस्दथे । उनीहरुको चर्चा संसारभर फैलिएको थियो । एक दिन कुवेरलाई पनि उनीहरु कत्तीका दानी रहेछन् भनी बुझ्न दरिद्रको भेष गरि ति दम्पत्तीको घर गएछन् । सुचन्द्र दम्पत्तीले बढो श्रद्धा पुर्वक भोजन गराएको देखि खुसी भई यमरीको महत्व बताएछन् । नयां अन्न भिœयाए पछि भकारीमा गणेश, कुवेर र तिनका बाहान सहितको प्रतिमा बनाई तिनलाई यःमरी चढाउने बिधि बताएर कुवेर अन्र्तरध्यान भएछन् । त्यो दिन मंसिर शुक्ल पुर्णिमा परेको थियो । त्यसैबेला देखि योमरी पुन्ही मनाउने चलन रहेको बताईन्छ ।
दोश्रो पुस्तामा शिप हस्तान्तरण गर्न कार्यक्रम स्थलमा नै बाल बालिकाहरुलाइ सहभागी गराई योमरी बनाउन लागीएको संस्थाले जनाएको छ ।