मगर संघ अमेरिकाको राष्ट्रिय महाधिबेशन कोलोराडोमा हुदै ।
✍️नातिबाबु भट्ट, कोलोराडोअमेरीका।मगर संघ अमेरिको केन्द्रीय समितिको ९ औ राष्ट्रिय महाधिबेशन यहि जुलाई २९ तारीक शनीबारका दिन कोलोराडो राज्यको बोल्डर शहरमा हुने भएको छ ।
“ अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता , उदाउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति र नेतृत्व हस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराको साथ अमेरिकाको बिभिन्न राज्यका मगरहरुको जमघट कोलोराडोमा हुने भएको हो ।
महाधिबेशनको अन्तिम तयारीमा रहेको मगर संघ अमेरिको केन्द्रिय सदस्य टेक बहादुर थापा मगरले बताएका छन् । मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका कोलोराडो च्याप्टरको मुख्य ब्यबस्थापनमा महाधिबेशन हुन लागेको हो । संस्था स्थापना काल देखि ८ औं राष्ट्रिय महाधिबेशन सम्म आइपुग्दा न्युयोर्क , न्युजर्शी र मेरिल्याण्ड आसपासमा मात्र हुँदै आइरहेको अधिवेशन संस्थाको इतिहासमै पहिलो पटक कोलोराडो राज्यमा गरी अमेरीकाभर मगर एकताको सन्देश फैलाउन लागेको थापा मगर बताउछन् ।
नयां कार्यसमिति चयनगर्न मगर संघ अमेरिका केन्द्रीय समितिका सल्लाहकार लछुमन राना मगरको संयोजकत्वमा लक्ष्मी राना मगर र डा. कृष्ण थापा मगर सदस्य रहेको ३ सदस्सिय निर्वाचन कमिटी गठन भइसकेको छ । निर्वाचन कमिटीले मनोनयन दर्ता देखि लिएर निर्वाचनको सबै कार्यतालिका सार्वजनिक गरेको छ ।
मनोनयन दर्ता यहि जुलाई १८, देखि जुलाई २४ सम्म् गर्न सकिने तालिकामा उल्लेख छ । जुलाई २६ को दिन उम्मेदवार फिर्ता देखि लीने तथा उम्मेदवार उपर दाबी बिरोध गर्न पाइने छ । त्यसैगरी जुलाई २७ को दिन उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गरिने छ भने, जुलाई २९ दिउसो ३ बजेबाट निर्वाचनका गतिबिधि अगाडी बढाउने निर्वाचन कमिटी संयोजक लछुमन राना बताएका छन् ।
समुदघाटन समारोह , बन्द सत्र र बधाई तथा सुभकामना सांस्कृतिक साँझ गरि कार्यक्रम ३ चरणमा सम्पन्न हुने उल्लेख गरिएको छ । मौलिक झाँकी सहित बिभिन्न राज्यबाट आएका मगरहरु सभाहलमा प्रवेश गर्नेछन , झाँकी सहित टोलीको मुख्य ब्यबस्थापन कोलोराडो च्याप्टरले स्वागत गर्नेछ । बिभिन्न विधाका बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिनेछ ।
अमेरिका भर छरिएर रहेका नेपाली र नेपाली मुलका सम्पुर्ण मगरहरुलाई मगर संघ अमेरिकको एउटै छातामुनी गोलबन्द गरेर आपसी सहयोग आदानप्रदान लगायत बिबिधतामा एकता रहेका हामी मगरहरुको भाषा, भेषभूषा, संस्कार, संस्कृति, रितिरिवाज तथा परम्पराहरुलाई अमेरिकामा संरक्षण र संबर्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।
मातृभुमी नेपालमा रहेको मगर सामूदायलाई भैपरि आउने आपतकालिन अबस्था, शैक्षिक, भाषिक र आर्थिक क्षेत्रमा सहयोग गर्दै अमेरिकामा रहेका अन्य नेपाली समुदायहरुसंग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ सन् २००४ मा मगर संघ अमेरिकाको स्थापना भएको हो । संस्थाको संस्थापक अध्यक्ष दल बहादुर बुढाथोकी मगर हुन ।
संघले हाल ६ राज्यमा च्याप्तर बिस्तर गरी स्थानीय सरकार र संघीय सरकारसंग सहकार्य गर्दै अएको छ । संस्थाको केन्द्रिय कार्यालय न्युयोर्क राज्यको वुडसाइडमा रहेको र मगरहरुको बाक्लो बसोबास रहेको राज्यहरुमा च्याप्टर बिस्तारको लागि पहल भईरहेको सदस्य टेकबहादुर थापा मगरले जानकारी गराएका छन् ।