अमेरिकाको विभिन्न राज्यमा  माघे सक्रान्ति पर्व मनाइदै ।

✍️नातीबाबु भट्ट,कोलोराडो,अमेरीका।मगरहरुको राष्ट्रिय पर्व माघे सक्रान्ती  २०२३  को अबसरमा मगर संघ अमेरिकाले विभिन्न राज्यमा कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न  सबै तयारी पूरा बताएको छ ।

मगर संघ अमेरिका केन्द्रीय समितिले माघे सक्रान्ति पर्ब २०२३ को अन्तिम तयारी बारे बुझ्न ढाकिएको भर्चुअल बैठकमा च्याप्टर कमिटीका अध्यक्षहरुले आ आफ्नो तयारी बारे केन्द्रीय समितिलाई जानकारी गराई तयारी पुरा भएको बताएका थिए ।

बिं सं २०६५ सालमा नेपाल सरकारले माघे सक्रांन्तिलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गरे संगै अमेरिकाका  मगरहरुले पनि माघे सक्रान्ती पर्बलाई भब्य रुपमा मनाउदै आएका छन् । गतसाल कोडिभ १९ को कारण सबै राज्यमा अन्तिम तयारी गर्दागर्दै स्थगित गर्नु परेको बताईएको थियो । यस  बर्ष सबै च्याप्टरहरुले उत्साह पुर्बक तयारी गरेको बताएका छन्  ।

मगर  संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले मगरहरुको संस्कृती र माघे सक्रान्तीको महत्त्व बारेमा स्मरण गराउदै च्याप्टर कमिटीहरुले गरेको तयारीले आफु एकदम उत्साहित भएको भन्दै सबैलाई धन्यवाद दिए । उनले सबै केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई आ आफ्नो पायक पर्ने क्षेत्रमा च्याप्टर कार्यसमितिलाई हौसला दिन  सहभागिता जनाउन निर्देशन दिए ।

कार्यक्रम अमेरिकाको टेक्सास र बाल्टिमोरमा जनवरी १४ , न्युजर्शी , कोलोराडो र  सिकागोमा जनवरी १५ र न्युयोर्कमा जनवरी २२ को दिन आयोजना हुदैछ । माघे सक्रान्ति सांस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको साथमा मगरहरुको मौलिक कला संस्कार, संस्कृति सहित भब्य रुपमा मनाउन लागीएको मगर सघं अमेरीकाको केन्द्रीय सदस्य टेकबहादुर थापा मगरले बताएका छन् ।