कोलोराडोमा नयां बर्ष शुभकामना सांस्कृतिक सांझ आयोजना हुदै।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।नेपाली नयां बर्ष २०८० को उपलक्ष्यमा कोलोराडोमा शुभकामना  सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने भएको छ ।

कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको अयोजनामा नेपाली नया वर्ष २०८० को उपलक्ष्यमा समाजमा सद्भाव कायम राख्न बिशेष शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागीएको हो ।

शुभकामना सांझ कार्यक्रम आगामी अप्रिल १५, २०२३ शनिबार सांझ ५  बजेदेखी राती १० बजे सम्म Legecy High School Auditorium, 2701 W 136th. Ave. Broomfield  मा आयोजना हुन लागेको बताइएको छ । अमेरीकाकोलागी नेपाली राजदुतको प्रमुख अतित्थ्यता तथा  लोकप्रिय गायक मिलन लामाको बिशेष अतित्थ्यतामा स्थानीय सुपरिचित तथा बहुचर्चित कलाकारहरुको सहभागितामा बिशेष मनोरन्जनात्मक शुभकामना साँझ कार्यक्रमको आयोजना गरिने रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टिका पौडेल बताएका छन् ।

प्रवासमा नेपाली भाषा संस्कृतीको पहिचाहन गराउने यस्तो कार्यक्रममा कोलोराडोमा सकृय सबै संघ संस्थाका पदाधिकारी, गन्यमान्य,बुद्दीजिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा सर्वसाधारण सबैलाइ कार्यक्रममा उपस्थित भइ  भब्य र सभ्य बनाई सफलतापुर्बक सम्पन्न पार्न सहयोग गरिदिनु हुन पौडेल  सबैजनामा  हार्दिक अपिल गरेका छन ।

त्यसैगरी भोलीपल्ट अप्रिल १६ तारिक दिउसो १२ बजे देखी ३ बजे सम्म सधै झैं बोल्डरमा नेपाल डे परेडको कार्यकम आयोजना  गरिन लागेको हुदा उक्त समारोहमा सबैजना सहभागी भैदिनुहुन पनि उनले  अनुरोध गरेका छन् ।