बौद्ध समाज कोलोराडोको नयां कार्यसमितीलाई कार्यभार हस्तान्तरण ।
✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।बौद्ध समाज कोलोराडोको हालै चयन नयां पदाधिकारीहरुलाई एक समारोह बिच कार्यभार हस्तान्तर गरिएको छ । संस्थाका सल्लाहकार चन्द्रमान गुरुङको उपस्थितीमा नयां कार्यसमितीले पदभार ग्रहण गरेको संस्थाका सचिव संजय शाक्यले बताएका छन् । सर्वसम्मत तरिकाबाट चयन कार्यसमितीका पदाधिकारीहरुलाइ सल्लाहकार गुरुङले खादा लगाईदिइ बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
यसरी कार्यभार संहाले पछि अध्यक्ष श्यामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले आगामी मे १३ तारिकका दिन आयोजना गरिएको बुद्ध पूजा तथा शान्ति पदयात्रा सफलताका साथ सम्पन्न पार्न कार्य बिभाजन गरेको छ । जस अनुसार बुद्ध पूजा “खेन्पो ज्ञान दोर्जे लामा (बसन्त गुरुङ) , मञ्च व्यवस्थापन सोनाम शेर्पा र टेक बहादुर थापा तथा प्रसाद वितरण शान्ति लामा र पेमा डोल्कर श्रेष्ठ रहेका छन् ।
कोलोराडोमा सन् २०१७ मा गठीत यस संस्थाले हरेक बर्ष बुद्ध जयन्तिको अवसरमा कोलोराडो डेन्भर डाउनटाउनमा शान्ति पदयात्रा सहित बिभिन्न कार्यक्रम गर्दै आएको छ । यसबर्ष पनि आगामी मे १३ तारिक शनिबारका दिन डाउनटाउन सिभिक सेन्टरमा बिभन्न कार्यक्रमको साथ २६४७ औं बुद्ध जयन्ति मनाउने कार्यक्रम रहेको सचिव शाक्यले बताएका छन् ।
उक्त दिन कोलोराडोमा सकृय सबै संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दी जिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा सर्वसाधारण सबैलाइ उपस्थित भइ भब्य र सभ्य तरिकाबाट सफलता पुर्बक कार्यक्रममा सम्पन्न गर्न सहयोग गरिदिनु हुन संस्थाका अध्यक्ष श्रेष्ठले सबैजनामा हार्दिक अपिल गरेका छन्