कोलोराडोमा समर पिकनिक आयोजना हुदै ।
✍️नातिबाबु भट्ट,अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीभाषीहरु बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले सधै झैं यसबर्ष
पनि समर पिकनिक आयोजना गर्न लागिएको छ ।
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा कोलोराडो स्थित अन्य स्थानीय संघ संस्थाहरुको सहभागीतामा यही जुलाई १५ तारिक शनीबारका दिउसो ३ बजे देखी सांझ ८ः३० बजे सम्म ( 11801 Community Center Drive, Northglenn, Co. 80233 ) समर पिकनिक कार्यक्रम आयोजना गर्न लागिएको रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको निवर्तमान अध्यक्ष टिका पौडेलले बताएका छन् ।
बिभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रम सहित आयोजना गर्न लागीएको पिकनिक कार्यक्रममा संस्थाले बिभिन्न सामाजिक संजाल मार्फत कोलोराडोमा रहेका सबै नेपाली भाषी संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, पत्रकार, बिभिन्न पेशामा आबध्द्ध पेशाकर्मी, ब्यावसायी, तथा आमाबुबा ,दाजुभाई ,दिदिबहिनी सबैलाई सहभागीताको लागी हार्दिक अनुरोध गरिसकेको पौडेलले बताएका छन् ।
यहां बसोवास गर्दै आएका नेपाली भाषीहरुलाई मनोरञ्जन दिदै एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न कोलोराडोको नेपाली समुदायको सबैभन्दा जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले हरेक बर्ष बिभिन्न कार्यक्रमको साथ समर पिकनिक आयोजना गर्दै आईरहेको छ ।