कोलोराडोमा गाडीको ठक्करका कारण निधन भएका देवराज सापकोटाको अन्तिम संस्कार सम्पन्न गर्न सहयोगको लागी अपिल ।

✍️ नातिबाबु भट्ट,कोलोराडो अमेरीका। कोलोराडो बोल्डर निवासी देवराज सापकोटाको बाटो काट्ने क्रममा  अप्रिल १९ तारिकका दिन गाडीले ठक्कर दिदा मृत्यु भएको  बोल्डर काउन्टी कोरोनरको कार्यालयले जनाएको छ ।

बोल्डर स्थित काठमाण्डौ रेष्टुरेन्टमा कार्यरत देवराजलाई लुइजभिल स्थित यूएस ३६ मा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिदा मृतु भएको कोलोराडो स्टेट पेट्रोल टुपर गेरी कट्लरले जनाएका हुन्  । सापकोटाका नजिकको आफन्त यहा कोही नभएका कारण पोष्टमार्टम भई सकेता पनि पार्थिव शरिर कसैलाई हेर्न दिईएको छैन ।

धादिङ जिल्ला निलकण्ठ नगरपालिका ४ अल्छिडाडा घर भएका सापकोटा भाग्यको खोजिमा ६ बर्ष आगाडी अमेरीका आई पुगेका थिए । घरमा ८० बसन्त पार गरेका आमा बुबा, श्रीमती र सानो छोरालाई छोडेर अमेरीका आएका सापकोटाको निधनको खवरले परिवारमा ठुलो बज्रपात परेको छ ।

उनको अन्तिम दाह संस्कार सम्पन्न गर्न उनको परिवारलाई नेपालबाट झिकाउने पहल भईरहेको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले बताएका छन् । यी सबै प्रकृया सम्पन्न गर्न कोलोराडो स्थित सबै सामाजिक संघ संस्था, समाजसेवीहरुको सुझाव अनुसार आर्थिक सहयोग संकलन गर्न धादिङ नेपाली समाज अमेरीका र एनआरएन कोलोराडो च्याप्टरको संयूक्त नाममा गोफण्ड मी  खोल्ने निर्णय भए अनुसार गोफन्ड मी खोलीएको अध्यक्ष पन्तले बताएका छन् ।

उनले नेपाली समुदायमा परेको यस दुःखद घडीमा यस समस्याको समाधान गर्न यथासक्य साथ र सहयोगको लागी सबैसंग अनुरोध गरेका छन् ।https://l.facebook.com/l.php?u=https%3A%2F%2Fgofund.me%2F4501bf2f%3Ffbclid%3DIwAR3KLKyBzBFFaCi8TfSwb37QlOvz7hztlOSMnRuVbamaPFf5O2kIPGh_eCM&h=AT3QNhjYzR7B2ZTMf1B3US8ywzVEP6Mw6SKG2JsojWkWlcHgFH6W2iT8tskSxdT_gi-ZYZzn1m0qLLlvEKVMn_ZRZg_fllC0btGxbqTemdAJS9B3Ajpbml1oIoRv4VluBVc