कोलोराडोमा समर पिकनिक सम्पन्न।
✍️नातिबाबु भट्ट,कोलेराडो अमेरिका।अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक शनीबार सम्पन्न भयो ।
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा कोलोराडोमा सकृय संघ संस्था, व्यावसायी बुद्धीजिवी लगायतका दाताहरुको सहयोगमा समर पिकनिक सम्पन्न भएको हो ।
नर्थग्लेन सिटी स्थित रमणिय पार्कमा कोलोराडो नेपाली समुदायका अभिभावक समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पिकनिकमा नेपाली, नेपाली मुलका नेपाली भाषी भुटनिज तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीयहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमा प्रमख अतिथी नारायण श्रेष्ठले संम्बोधन गर्दै नेपालीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले शुरु गरिएको यस कार्यक्रमको छुट्टै महत्व र ईतिहास रहेको बताउदै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईराख्नु पर्ने बताए । त्यसैगरी आयोजक संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए ।
त्यस्तै संस्थाका नवर्निवाचित उपाध्यक्ष बिकाश त्रिपाठीले कार्यक्रम सफल बनाउन सहयोग दिनुहुने दाताहरुको नाम पढेर सुनाएका थिए । कार्यक्रममा उपस्थित दिदीबहिनीहरुले बिभिन्न नेपाली संगीतमा नाचगान गरी मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रम संस्थाका महासचिव आकृती राई अधिकारीले संचालन गरेकी थिईन ।
बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साह जनक उपस्थिती रहेको उक्त कार्यक्रममा नेपालको बस्तु स्थिती झल्कने चित्र अंकित टिर्सट, नेपाली ढाकाटोपी लगाएर आउने मानिसहरुको उपस्थिती उलेख्य रहेको थियो ।