
✍️नातिबाबु भट्ट, कोलोराडो , अमेरीका।बहुचर्चित गलबन्दी, पीर, बोलमयां जस्ता गीतहरु गाएर चर्चित बनेका गायक प्रकाश सपुतले सनीवार कोलोराडोमा बेजोड प्रस्तुती दिएका छन् ।

अमेरीकाको विभिन्न शहरमा सांगीतीक कार्यक्रम दिने उद्धेश्यले अमेरीका आएका प्रकाशले शनिवार साझ डेनभर साउथ हाईस्कूलमा आफ्नो प्रस्तुती दिएका हुन् । बहुचर्चित गीत पीरबाट प्रश्तुती थालेका उनले गलबन्दी, मायाका कुराले, बोलमयां, कुराबुझ्नु पर्छ जस्ता गीतहरु गाएर सबै उमेरका श्रोता दर्शकलाई नचाएका थिए ।

Sister Group दिदी बहिनी समुह Colorado को आयोजामा सांझ ५ बजे देखि राती १० बजे सम्म सञ्चालन भएको कार्यक्रममा स्थानिय कलाकारहरु महादेव त्रीपाठी, संझना पाण्डे, बसन्त लम्साल, दिपक गौतम, मनोजकाजी तुलाधर, रुपेश न्यौपाने, प्रकाश पौडेल लगायतका कालाकारहरुले बिभिन्न सुमधुर गीत मार्फत श्रोता दर्शकहरुको मन जित्न सफल भएका थिए ।

त्यसैगरी ऐश्वर्या तिवारी, परी चौलागाई दिया ढकाल लगायतका बाल कलाकारहरुले नेपाली लोक संगीतमा शुन्दर नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा माहादेब त्रीपाठीले जादु पनि देखाएका थिए ।

दुई बर्ष भन्दा बढि कोरोनाको त्रासले कुनै ठुला मनोरञ्जनात्मक कार्यक्रम हुन नसकेको कोलोराडोमा सांस्कृतीक कार्यक्रममा यतीधेरै सहभागीता यस अघि कहिल्यै नभएको सहभागीहरुको प्रतीकृया रहेको छ । कार्यक्रममा कलाकार तथा प्रायोजकहरु सबैलाई दिदी बहिनी समुहका सदस्यहरुले खादा लगाईदिई प्रशंसापत्र प्रदानगरी सम्मान गरेका थिए ।

नेपाल र अमेरीकाको राष्ट्रियगानको धुन बजाएर शुरु गरिएको कार्यक्रममा दिदी बहिनी समुहका सांस्कृतीक समितीका संयोजक शान्ति भुषालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य मार्फत स्वागत गरेकी थिईन । कार्यक्रम किरण अधिकारी र यमुना केशीले संचालन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा दिदी बहिनी समुहका संयोजक धन पौडेलले नेपाली भाषी दाजु भाई दिदी बहिनीहरु भेलाभई नाचगानको माध्यमबाट मनोरञ्जन गरी लामो समय देखि मनमा रहेको डर त्रास भगाउदै दैनिक जिवनलाई लयमा फर्काउन राष्ट्रिय स्तरका कलाकार मार्फत कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनले अहोरात्र खटेर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने दिदी बहिनी, कलाकार, सबै सहयोगी दाताहरु तथा कार्यक्रममा सहभागीहरु सबैलाई धन्यवाद दिएकी थिईन ।











