
✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।कोलोराडोको नर्थग्लेन स्थित क्रसरोड कम्युनिटी सेन्टरमा शनीवार एक समारोह बिच नेपाली भाषा पाठशालाको सुभारम्भ गरिएको छ ।

कोलोराडोमा सकृय संस्थाहरु अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर , एन.आर.एन.ए. कोलोराडो च्यपटर,नेपाली घर, रकी माउन्टेण्ड फ्रेन्ड्स अफ नेपाल, सिष्टरग्रुप दिदी बहिनी समुह कोलोराडो, कोलोराडो नेवाः खल र ब्लड डोनर्स अफ अमेरीकाको संयुक्त प्रयासमा शुरु भएको हो ।

भाषा पाठशालामा सहभागी हुन आएका बालबालीकाले संयुक्तरुपमा रिवन काटेर कार्यक्रम हलमा प्रवेश गरेका थिए । नेपाली , अमेरीकन राष्ट्रियगान संगै गणेश बन्दना र सरस्वती बन्दना गाएर कार्यक्रम सुरु गरीएको थियो ।

प्रत्येक शनिबार दिउसो २ बजेबाट ४ बजे सम्म संचालन हुने नेपाली भाषा पाठशालामा सहभागी हुन ३२ जना बाल बालिकाहरुले आज नाम दर्ता गराएका बताईएको छ ।
कार्यक्रमको महत्वबारे प्रकाश पार्दै अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौलाले प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृती हो ।

यहा जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृती सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृती यहि पुस्तामा मात्र सिमित रहने खतरा बढ्दै गएको कारण भाषा शिक्षाको कार्यक्रम शुरुगर्न लागिएको बताए । उनले यस भाषा कक्षालाई सफल पार्न सधै सबैको साथ र सहयोग रहिरहने बिश्वास ब्यक्त गरे ।

अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर महासचिव किरण अधिकारीले संचालन गरेका कार्यक्रममा भाषा पाठशालामा बाल बालिकाहरुलाई अध्यापन गराउने गुरु आमा गुरुबाहरुले पनि आ–आफ्नो धारणा राखेका थिए । यसरी धारणा राख्नेहरुमा धन पौडेल, प्रतिभा शर्मा र हरिभक्त आचार्य रहेका थिए । उनीहरुले बाल बालिकाहरुको क्षमता मुल्याङकन गरी त्यसको आधारमा कक्षा अगाडी बढाउने योजना रहेको बताए ।

यस कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावकको ठुलो हात रहेको बताउदै यसलाई सफलपार्न सबैको साथ र सहयोग रहने आशा ब्याक्त गरे ।

कार्यक्रममा आयोजक संघ संस्थाका प्रतिनिधी पाठशालामा सहभागी बाल बालिका र उनका अभिभावक, गन्यमान्य, समाजसेवीहरुको उलेख्य उपस्थिती रहेको थियो । कोलोराडोकै अरोरामा यस अघिनै भाषा पाठशालाको शुरु भई सकेको छ । यस अधि दुईबर्ष सम्म संचालन भएको लङमन्टमा भने यसबर्ष संचालन गर्ने योजना नभएको बताईएको छ ।

भाषा कक्षामा उपस्थित छात्र छात्राहरुलाई लेख्न पढ्न मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कबिता भन्ने, नाच गान गर्ने, कार्टुन देखाउने जस्ता बिभिन्न माध्यमबाट भाषा सिकाउने गरिएको छ ।


