
नातिबाबु भट्ट कोलोराडो । कोलोराडो निवासी नेपाली भाषीहरुको पहिचाहन झल्कने सामुदायिक भवन निर्माणकोलागी सुक्रबार यहा स्थित नेपाली दिदी बहिनिहरुको संस्था सिष्टरग्रुपबाट सहयोग रकम हस्तान्तरण गरिएको छ ।
तिन बर्ष अघि सामुदायिक भवन निर्माणकोलागी आयोजना गरिएको श्रीमद्भागवत सप्ताह महायज्ञमा संस्थाले कवुल गरेको सहयोग रकम ५,१११ डलर सामुदायिक भवन निर्माण कार्ययोजनाको संयोजन गरिरहेको संस्था नेपाली घरका पदाधिकारीलाई हस्तान्तरण गरिएको हो ।
सुक्रबार साझ कोलोराडो स्थित जाईका रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा सिष्टर गु्रपका आर्थिक कारोवार हेर्दै आएकी सकृय सदस्य दिलकुमारी श्रेष्ठले नेपाली घरका कोषाध्यक्ष भोला कटुवाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेकी थिईन । कार्यक्रममा सिष्टर ग्रुपका संयोजक धन पौडेल, शान्ति भुषाल, राधिका लामीछाने, सीता साप्कोटा लगायतका दिदी बहिनीहरुको उपस्थिती रहेको थियो । त्यसैगरी कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन राना, महासचिव बसन्त लम्साल समाजसेवी रैवतराज पौडेलको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सिष्टरग्रुपका संयोजक धन पौडेलले दिदीबहिनी समुहबाट आफुले बोलेको पुरा गरेका छौं । यसरी नै कोलोराडोमा रहेका सबै संघ संस्था तथा नेपाली भाषी समुदाय एक जुट भएर अगाडी बढेमा सजिलै नेपालीहरुको आस्थाको केन्द्रबिन्दु नेपाली सामुदायिक भवन स्थापना गर्न सकिने मनसाय राखेकी थिएन् । यसैगरी नेपाली घरका अध्यक्ष लछुमन राना र कोषाध्यक्ष भोला कटुवालले दिदी बहिनी समुहलाई धन्यवाद दिदै, पैसा संगै जिम्मेवारी पनि दिनुभएकोले यो जिम्मेवारी पुरा गरेर छाड्ने प्रतिबद्धता जनाएका थिए ।
कोलोराडोमा स्थापीत नेपालीहरुको साझा संस्था नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा २०१८ मे महिनामा श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न भएको थियो । उक्त महायज्ञमा दाताहरुले दानगरेका तथा दानगर्न प्रतिबद्धता जनाएका गरी झण्डै ६ लाख सहयोग संकलन भएको थियो ।
अहिले प्राय सबै दानगर्न कवुल गरेका दाताहरु यस अभियानमा जोडिएर बिभिन्न माध्यमबाट सहयोग रकम जम्मा गरिरहेका छन् । नयां दाताहरुपनि जोडिने क्रम पनि जारी रहेको छ । त्यसैको फल स्वरुप वेस्टमिनिस्टरमा एक बन्द भएको चर्ज खरिद प्रकृया अन्तिम चरणमा पुग्न लागेको नेपाली घरका अध्यक्ष लक्षुमन रानाले बताएका छन् । उनले यस महान अभियानमा जोडिएर यथासक्य दानगर्न सबैलाई अनुरोध गरेका छन् ।