कोलोराडोमा दशैं–तिहार शुभकामना सांझ कार्यक्रम हुदै।

✍️नातिबाबु भट्ट,कोलोराडो, अमेरीका ।नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाको सहभागीतामा आगामी अक्टोवर २२ तरिक शनिबार डेनभर स्थित डेनभर साउथ हाई स्कूल (1700 E Louisiana Ave. Denver Co.80210) मा सांझ ५ बजेदेखि ९.३० बजेसम्म शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष टिका पौडेलले बताएका छन् ।

लोकप्रीय गायक प्रकाश श्रेष्ठ, गायीकाहरु रीमा गुरुङ, शशी रावल लगायतका कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यवसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारण सवैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको संस्कृती संरक्षण र पहिचाहनमा सहयोग गर्न उनले सबैलाई  चुले निम्तो गरेका छन् ।

सबै नेपालीहरु एकै ठाउंमा भेला भई एक आपसमा भलाकुसारी गर्दै नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गर्न पाउने महत्वपुर्ण अवशर हो । त्यसैले आफ्ना साथी भाइ, ईष्ट मीत्र , छर छिमेक, सबैलाई  कार्यक्रममा सहभागी हुन खवरगरी कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोग गरिदिन हुन समेत उनले सबैलाई अनुरोध गरेका छन् । संस्थाको आयोजनामा कोलोराडोमा  हरेक बर्ष दशै तिहार कार्यक्रमको आयोजना हुदै  आएको छ ।