कोलोराडोमा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न ।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका ।हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनीबार सांझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा तथा नेपाली घर, दिदीबहिनी समुह, NRN, नेःवा खल, BDA, INLS, ग्लोवल फोरम लगायतका संस्थाहरुको सह आयोजनामा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न भएको हो ।

रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल ओम बड्स कमिटीका सदस्य तथा समाजसेवी रोहीणी शर्माको प्रमुख आतित्थ्यता तथा बरिष्ठ गायक प्रकाश श्रेष्ठ, बरिष्ठ कलाकार कृष्ण मल्ल लगायत स्थानीय  कलाकारहरुका माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथीबाट पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको उपस्थिती रहेको थियो ।

आयोजक संस्थाका निवर्तमान अध्यक्ष बिनोद त्रीपाठीले  कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कोलोराडोमा नेपाली समुदायको जेठो यस संस्थाले स्थापना काल देखि हाल सम्म नेपाली भाषा धर्म संस्कृती संरक्षण र पहिचाहनमा निरन्तरता दिईदै आईरहेको बताउदै यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए । सोही मंञ्चमा आयोजक संस्थाका पदाधिकारीहरुले देउसी भैलो खेली नेपाली संस्कृतीको पहिचाहन गराएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा सांगीतीक कार्यक्रम संचालन भएको थियो । स्थानीय बाल कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी बरिष्ठ गायक प्रकाश श्रेष्ठ तथा स्थानिय कलाकारहरु शशी रावल, रीमा होडा गुरुङ, मनोज तुलाधर, दिपक गौतम, प्रकाश पौडेल लगायतका कलाकारहरुले बिभिन्न लोक, आधुनिक तथा राष्ट्रिय गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए ।

कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सहयोग गर्नुहुने दाता, कार्यक्रममा उपस्थित भई आपनो कला प्रस्तुत गर्नुहुने सम्पूर्ण कलाकाहरुलाई आयोजक कमिटीका पदाधिकारी तथा गन्यमान्यहरुबाट खादा लगाईदिई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

संस्थाका महासचिव अर्जुन बगाले र साहित्यकार तारा अधिकारीद्धारा संयूक्त रुपमा कार्यक्रम संचालन गरिएको थियो ।  कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती टिका पौडेलले उपस्थित सबैलाई दशै, तिहार, छट लगायत संम्पूर्ण चाड पर्वको  शुभकामना दिदै  कार्यक्रम सफलपार्न बिभिन्न माध्यमबाट सहयोग गनुहुने सबैलाई धन्यवाद दिएका थिए ।