
✍नातिबाबु भट्ट, कोलोराडो अमेरीका।कोलोराडो नेपाली समुदायका एक ईमान्दार सदस्यको बिहिबार राती ८ बजे आफ्नै स्टोरमा काम गर्दै गर्दा एक बन्दुक धारीद्धारा गोली हानी हत्या गरिएको छ ।
कोलोराडो स्थित हुईट्रिजमा भलेरो ग्यासस्टोर संचालन गर्दै आएका ५३ बर्षिया भेषराज लामीछानेको स्टोर भित्रै गोलीहानी हत्या भएको हुईट्रिज पुलीसले जनाएको छ । नेपालमा तनहु जिल्ला घर भई सन् २०१४ मा डिभी मार्फत अमेरीका आएका लामिछाने चार छोरा छोरी र श्रीमती सहित कोलोराडोमा बस्दै आएका थिए ।
उनलाई गोलीहानी हत्यागरे पछि उनैको गाडी लिएर भागेका २६ बर्षिया एक अफ्रिकन अमेरीकन शुक्रबार बिहान इन्डिअना स्टेटमा पक्राउ परेको त्यहाको पुलीसले जनाएको छ ।
घरमा कमाउने भेषराज मात्र भएको र उनको त्यसरी निधन भएपछि घरको आर्थिक अवस्था नाजुक रहेको बताईएको छ । यसरी कोलोराडो नेपाली समुदायमा ज्यादै दुःखद घटना घट्न पुगेको र उनको दाहसंस्कार तथा परिवारलाई सहयोग जुटाउन गोफण्ड मी खोलीएको छ । उक्त गोफण्ड मी मा एथासक्य सहयोग गरिदिनु हुन कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, समाजसेवी, गन्यमान्यहरुले सार्वजानिक रुपमा सबैलाई अनुरोध गरेका छन् ।