कोलोराडोमा नेपाली घरका नव निर्वाचित कार्यसमितीद्धारा सफथ तथा पदभार ग्रहण।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालकालागी नव निर्वाचित  कार्यसमितीका पदाधिकारी तथा सदस्यहरूले एक समारोह बिच सपथ खादै पदभार ग्रहण गरेका छन ।

संस्थाका सल्लाहकार, समाजसेवी तथा कार्यक्रमका प्रमुख अतिथी  रामप्रसाद श्रेष्ठले संस्थाको भवन नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा बिशेष समारोह बिच नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाइ सफथ गराएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी रामप्रसाद श्रेष्ठ, बिशेष अतिथीद्वय नारायण श्रेष्ठ र डा. बिजयराज शर्माद्वारा संयुक्तरूपमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम नेपाली राष्टिय गान संगै अगाडी बढाइएको थियो । नेपाली घरलाइ यहासम्म ल्याउन बिशेष योगदान दिएका स्वर्गिय द्वय डा.बिष्णुबहादुर श्रेष्ठ र नारायण श्रेष्ठको संझनामा एकमिनेट मौनधारण गरी कार्यक्रम अगाडी बढेको थियो ।

संस्थाका अध्यक्ष जगदिशचन्द्र ढकालको अध्यक्षतामा संम्पन्न कार्यक्रममा निर्वाचन कमिटीका संयोजक डा.संगीता श्रोत्रियाले नव निर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरूलाइ निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेकी थिइन । यसरी निर्वाचित भइ कार्यभार लिने पदाधिकारीहरुमा अध्यक्ष बसन्त लम्साल, उपाध्यक्षहरुमा गंगा चौलागाइ, कृष्ण काफ्ले, सुनीता थापा, महासचिव भोला कटुवाल,  कोषाध्यक्ष राजु खनाल,  पब्लिक रिलेसन अफिसर शैलेन्द्र श्रेष्ठ,  कम्युनिकेशन अफिसर अनिल बुढाथोकी,  कल्चर तथा ईभेन्ट अफिसरमा दिनेशकुमार कार्की,  रिसोर्स तथा फेसीलीटी अफिसर पुस्कर बस्नेत र टेक्नोलोजी अफिसर आदित्य  चौलागाइ रहेका छन् । त्यसैगरी बोर्डअफ डिरेक्टरहरुमा, दिनेश थापा, पुर्णिमा बिष्ट, बिष्टनारायण  श्रेष्ठ, बिभा निरौला, जीत घिमीरे, संगीता डांगी खत्री, श्याम पन्त, चन्द्रकान्त अधिकारी, सृष्टी उप्रेती र बम कुवर रहेका छन् ।

समारोहमा कोलोराडोमा सकृय संस्था SISTERS GROUP  दिदीबहिनी समुह COLORADO लगायतका संस्थाका पदिधिकारीहरूले नव निर्वाचित पदाधिकारीहरूलाइ माला, खादा लगाइ दिइ फुलका गुच्चा प्रदानगरी सफल कार्यकालको शुभकामना दिएका थिए  ।

संस्थाका कोषाध्यक्ष राजु खनालद्वारा संचालित कार्यक्रममा विशेष अतिथी ,अतिथी तथा समारोहमा उपस्थित डेढ दर्जन भन्दा बढि संघ संस्थाका पदाधिकारी, नेपाली घरका सल्लाहकार, गन्यमान्य, बुद्दिजिवीहरूले नवनिर्वाचित पदाधिकारीहरूलाइ सफल कार्यकालको शुभकामना दिदै हातेमालो गरेर संगै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । समारोहमा निर्वाचन प्रकृया सफलताका साथ सम्पन्न गराउने निर्वाचन कमिटीका संयोजक तथा सदस्यहरूलाइ संस्थाका अध्यक्ष जगदिशचन्द्र ढकालले खादा लगाइ दिइ मयांको चिनो प्रदानगरी सम्मान गरेका थिए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष बसन्त लम्सालले कार्यकाल सफलताको शुभकामाना दिनुहुने सबै प्रर्ति अभार ब्यक्त गर्दै नेपाली भाषीहरूको अस्थाको केन्द्र नेपाली घरलाइ फुलफेजमा संचालन गर्न अझ धेरै चुनैती भएकोले त्यसको समाधान गर्न  निरन्तर सबैको साथ र सहयोग रहरिहने विश्वास ब्यक्त गरे ।  कार्यक्रमको अन्त्यमा संस्थाका बर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापती ढकालले बर्तमान कार्यकालमा भए गरेका मुख्य कृयाकलापको  चर्चागर्दै संस्थालाइ यहासम्म ल्याइपुर्रयाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिएका थिए ।

डा.संगीता श्रोत्रियाको संयोजकत्वमा भुषणलाल श्रेष्ठ र कपिलदेव सुबेदी सदस्य रहेको तीन सदस्सिय निर्वाचन समितीले आगामी २ बर्षे कार्यकालका लागी नया कार्यसमितीका पदाधिकारीहरू र बोर्ड सदस्यहरुको निर्वाचन प्रकृया सम्पन्न गरेको हो । संस्थामा आजिवन , परिवार, ब्यक्तिगत, बिध्यार्थि र मानार्थ गरी झण्डै ६ सय सदस्य रहेका छन् ।