✍नातिबाबु भट्ट, कोलोराडो, अमेरीका ।कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी शुनिल पाठक (Sunil Pathak Agency) द्वारा संचालित Allstate Insurance को प्रथम बार्षिक उत्सव कार्यक्रम शनिवार भब्यताका साथ सम्पन्न भयो । यहा स्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालका लागी पूर्व अमेरिकी राजदुत Scott Delesi, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ लगायतका बिशेष अतिथीहरूको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एजेन्सीका संचालक शुनिल पाठकद्वारा कायर्क्रममा उपस्थित सबैलाइ स्वागत भाषण गर्दै आफुलाइ यहा सम्म ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए । त्यसैगरी पूर्व राजदुत र मेयरहरूले पनि नेपालबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कोलोराडोमा रहेका बिभिन्न संघ संस्थाका पदाधिकारी , गन्यमान्य, समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।
संचालक शुनिल पाठक र बिशेष अतिथिहरुबाट संयुक्तरुपमा कार्यक्रममा उपस्थित अतिथी, संघ संस्थाका पदाधिकारी, कलाकार, पत्रकार, नेपालीद्वारा खोलिएको बिभिन्न एजेन्सीका संचालक तथा Agency लाइ सहयोग पुर्याउने ब्याक्ति तथा संस्थाका पदाधिकारीहरूलाइ खादा लगाइ दिइ ( Token of love) मायाको चिनो प्रदानगरी सम्मान गरिएको थियो।
कार्यक्रमलाइ थप मनोरन्जन प्रदानगर्न कलाकारहरुले नेपाली संस्कृती झल्कने लाखेनाच, शेर्पा नाच, कुमारी, नेपाली गीत संगीतमा कुशल नृत्य, Live Band मार्फत गीत संगीत तथा जादु प्रश्तुतगरी दर्सक स्रोताको मन जित्न सफल भएका थिए ।
निशा पाठकद्वारा संचालित कायर्क्रमको बिच बिचमा नेपाल र नेपालीहरूको पहिचाहन झल्कने बिभिन्न डकुमेन्टीहरू प्रर्दशनगरी स्थानीय सहभागीहरूलाइ नेपालबारे बृस्तित जानाकारी गराउने प्रयास गरिएको थियो ।