✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा वार्षिक साधारण सभा कार्यक्रम गत नोभेम्बर ३० का दिन भव्यरुपमा सम्पन्न भएको छ ।
कार्यवाहक अध्यक्ष विजयदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक डा. भीमप्रकाश कट्टेलद्धारा निर्वाचनको प्रक्रियाका बारेमा मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरूको नाम घोषणा गरेका थिए । सोही अवसरमा उनले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए ।
यसरी हालै सम्पन्न निर्वाचनमा निर्बिरोध निर्वाचित हुने पदाधिकारीहरूमा अध्यक्ष किरण अधिकारी, उपाध्यक्ष निर्मला शर्मा, कोषाध्यक्ष शर्मिला शर्मा रहेका छन् । त्यस्तै संस्थाका सदस्यहरूमा देव भट्टराई, सिर्जना अर्याल, रन्जु आचार्य रहेका छन् । अनेसास कोलोराडो शाखाको विधान अनुरुप अन्य रिक्त पदहरू कार्यसमितिले पूर्ति गर्ने बताइएको छ ।
नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका सदस्य सुदेश शर्माले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाका कार्यवाहक अध्यक्ष विजयदेव अधिकारीबाट निर्वाचन सम्पन्न गर्न योगदान गर्नुहुने निर्वाचन समितिका संयोजक डा. भीमप्रकाश कट्टेल तथा सदस्यहरू डा.संगीता श्रोत्रिय र सुदेश शर्मालाई प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा र केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौलाबाट पुष्प गुच्छा तथा खादा लगाइ बधाइ दिएका थिए । समारेहमा कोलोराडो स्थित दिदी बहिनी समूह लगायत विभिन्न संघ संस्थाहरूकाबाट नवनिर्वाचित पदाधिकारीहरूलाई खादा, माला, अविर लगाइ बधाइ दिइएको थियो ।
कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा, केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला, पूर्वअध्यक्ष ज्ञानेन्द्र गदाल लगायतबाट अनेसास कोलोराडो शाखाको स्थापना, संस्थाले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदान, अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा गरेको योगदानका विषयमा चर्चा गर्दै नवर्निवाचित पदाधिकारीहरूलाई बधाइ दिदै कार्यकाल सफलताको शुभकामना दिएका थिए । यसैगरी कार्यक्रममा रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगाले, नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईले नवर्निवाचित पदाधिकारीहरूलाई बधाइ दिदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
कार्यसमितिका नवनिर्वाचित अध्यक्ष किरण अधिकारीले अनेसास कोलोराडो शाखाको यस समितिले नेपाली भाषा, साहित्यको संरक्षण तथा बिकासमा सक्दो प्रयास गर्ने वचनवद्धता प्रकट गर्दै सबैबाट सहयोगको अपेक्षा राखेका थिए ।
कार्यक्रममा अनेसासका ट्रस्टीहरू डा. विजयराज शर्मा, नारायण श्रेष्ठ, प्रमिला शर्मा, सुनिल पाठक, मनोज तुलाधर, अनेसास कोलोराडो शाखाका पूर्व अध्यक्ष, आजीवन सदस्य लगायत कोलोराडोस्थित विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि, बुद्धिजिवी, समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
उपस्थित सबै अतिथि, सहभागीहरूलाई स्वागत गर्दै अनेसास कोलोराडो शाखाका सचिव लालप्रसाद चौलागाईले सञ्चालन गरेका कार्यक्रममा संस्थाको बार्षिक साधारण सभा समेत सम्पन्न गरिएको थियो । साधारण सभामा शाखाको वार्षिक प्रगति तथा आयव्ययको विवरण शाखाका महासचिव किरण अधिकारी र सेनुप्रसाद तिवारीद्धारा प्रस्तुत गरिएको थियो । सभाले उक्त प्रतिवेदनहरू सर्वसम्मत पारित गरेको थियो