कोलोराडोको डेन्भरमा चर्चित गायक तथा संगीतकार सुगम पोखरेलको साँगितिक प्रस्तुती हुदै ।
✍️हाम्रो आवाज न्यूज कोलोराडो अमेरिका।नमस्ते कोलोराडोको आयोजनमा यही सेप्टेम्बर १६ तारिख कोलोराडोको डेन्भर शहरमा नेपालीज म्यूजिक नाईट हुने भएकोछ।सो कार्यक्रममा सहभागी हुन चर्चित गायक तथा संगीतकार सुगम पोखरेल यति बेला अमेरिका आई सकेका छन ।
उक्त साँगीतिक साँझ कार्यक्रममा पोखरेलको बिशेष प्रस्तुती संगै कोलोराडोमा रहेका गायक दिपेश किशोर भट्टराई र केही कलाकारहरुको पनि साँगीतिक प्रस्तुती रहनेछ।हाम्रो आवाज न्यूज संगको छोटो कुराकानीमा नमस्ते कोलोराडोका प्रमुख आयोजक सुमन केसीले कोलोराडोमा रहेका नेपाली भाषीहरुलाई मनोरञ्जन दिनको लागि र नेपाली गीत संगीतलाई प्रवासमा पनि ब्यापक बनाउन यो कार्यक्रम गर्न लागिएको बताउदै सबैलाई उपस्थित हुन आग्रह गरे ।
सो साँगितिक कार्यक्रम बेलुकी ५ बजे देखी १० बजे सम्म 1700 E Louisiana Ave Denver Co 80210
मा हुने भएकोछ।