अलबिदा बुद्धिप्रसाद लामिछाने ।

✍️नातिबाबु भट्ट, कोलोराडो, अमेरीका।लोकतान्त्रीक आन्दोलनका अथकयोद्धा नेपाली काग्रेस गोरखाका सादगी निष्ठावान नेता, समाजसेवी, मृदुभाषी, प्रष्टबक्ता बुद्धिप्रसाद लामीछानेको आज बैदिक बिधीद्धारा अन्तिम संस्कार सम्पन्न भयो ।

टाउकोको उपचार गराउने क्रममा गत जनवरी १२ तारिकमा निधन भएका   लामीछानेको आज कोलोराडोको ब्रुमफील  स्थित IN Memoriam, on site cremation मा अन्तिम दाह संस्कार गरिएको हो ।

अन्तिम दाह संस्कार गर्नु अघि Establishment at Bradburn village सेन्टर वेष्टमिनिष्टरमा श्रद्धान्जली सभा आयोजना  गरिएको थियो । लामिछानेको संझनामा एक मिनेट मौन धारण गर्दै सुरुगरिएको श्रद्धान्जली  सभामा बिभिन्न बक्ताहरुले शोक बक्तब्य दिदै लामीछानेलाई संझेका थिए ।
यसरी बक्त्ब्य दिनेहरुमा नेपाली कांग्रेस पुर्व केन्द्रिय सदस्य तथा पूर्व जलश्रोत राज्यमन्त्री चन्द्रसिंह भण्डारी,एनआरएन अमेरिकाको केन्द्रिय सदस्य राज ढुङ्गाना, नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल, रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष टिका पौडेल, नेपाली घरका संस्थापक अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, लामीछानेका छिमेकी साथी होमबहादुर गुरुङ, प्रवासी नेपाली मन्च कोलोराडो च्याप्टरका अध्यक्ष संजयसिह केसी, साहित्यकार ज्ञानेन्द्र काफ्ले, लगायतका बक्ताहरु रहेका थिए ।

कार्यक्रममा एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले च्याप्टरले जारी गरेको शोक बक्तब्य पढेर सुनाए । त्यसैगरी उनले मृतक लामीछानेको डायरीबाट उनले रचना गरेका मृत्यु सम्बन्धि कविता बाचन गरेका थिए । त्यस्तै कार्यक्रममा जनसंम्पर्क समिती अमेरिकाका केन्द्रिय सदस्य गोबिन्द लम्सालले उनको छोटो परिचय दिएका थिए । सोही कार्यक्रममा जनसंम्पर्क समिती अमेरकिाका केन्द्रिय अध्यक्ष आनन्द बिष्टले पठाएका शोक सन्देश जनसम्पर्क समितीका उपाध्यक्ष धर्मराज श्रेष्ठले बाचन गरेर सुनाएका थिए भने, नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट प्रेसित शोक सन्देश जनसंम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीले पढेर सुनाएका थिए ।

कार्यक्रमको दोश्रो सत्रमा त्यहां उपस्थित उनका श्रीमती छोराछोरी, आफन्त कार्यक्रममा सहभागी लामीछानेका शुभचिन्तक सबैले उनको पार्थिव शरिरमा फुलगुच्छा चढाई अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । नेता लामीछानेलाई नेपाली कांग्रेसको चारतारे झण्डा ओडाई अन्तिम बिदाई गरिएको थियो । त्यसपछी उनलाई बैदिक बिधी पूर्वक उनका छोराले  दागबत्ती दिएका थिए ।

श्रद्धान्जली सभामा गन्यमान्य, बुद्धिजिवी, नेपाली संघ संस्थाका प्रतिनिधी, परिबार, आफन्त, उनका साथीभाई, पत्रकार, ब्यवसाही, सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम प्रेम रेग्मीले संचालन गरेका थिए ।
बिद्यार्थी जिवन देखी नै राजनिती शुरुगेरका लामीछाने सुरुमा केही समय शिक्षक भई अध्यापन गराएका थिए । पछि राजनितीमा सकृय हुदै गोरखाका पार्टि सभापती, नेपाली कांग्रेस प्रशिक्षण बिभागको केन्द्रिय सदस्य भई कार्यकर्ता प्रशिक्षणको क्रममा नेपालको पूर्व पश्चिम सबै भ्रमण गरी अनुभव बटुलेका थिए ।

त्यसैगरी अमेरीका आएपछि पनि उनी एनआरएन अमेरिकाको सल्लाहकार, जनसंपर्क समितीको सल्लाहकार जस्ता पदमा रही नेपाली समुदायको हकहितमा सकृय रहिरहेका थिए । सधै नेपाली ढाकाटोपी लगाएर हिड्ने बुद्धिप्रसाद सबैलाई आफ्नो खुट्टामा उभिन उत्प्रेरित गरिरहन्थे । देखेका कुरा प्रष्ट बोल्ने मुसुक्क हासेरमात्र बोल्ने लामीछाने कोलोराडो बासी नेपाली समुदायको अभिभावकीय भुमिकामा थिए । नेपालको गोरखा जिल्ला साबिकको घैरुङ गावीस २  घर भई सन् २००८ मा अमेरीका आएका लामिछाने ३ छोरी, एक छोरा र श्रीमती सहित कोलोराडोमा बस्दै आएका थिए ।