
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपाल संम्बत ११४४ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले शनीबार एक कार्यक्रम आयोजनागरी एक आपसमा भिंन्तुना आदान प्रदान गरेका छन् ।

कोलोराडो नेवाः खलःले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।

पूर्व मन्त्री एबं प्रतिनिधी सभा सदस्य धुर्वबहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धिजिवी, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा बा आमा दाजुभाई दिदी बहिनीको बाक्लो उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी धुर्वबहादुर प्रधानबाट पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने, अध्यक्ष भुषणलाल श्रेष्ठले संस्थाको पहलमा गरिएका कामको बिवरण प्रश्तुत गर्दै केही समय अगाडी नेपाली सांस्कृतीक केन्द भवनको प्रांगणमा सम्पन्न ईन्दजात्रा एक उदारहण भएको बताए ।

राष्ट्रिय बिभुती तथा नेपाल संम्वतका प्रवर्तक संखधर शाख्वाको फोटोमा माल्यार्पण गरी उनको परिचय संम्बधी छोटो भिडीयो प्रर्दशन गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले नेपाल संम्बतको ११४४ को उपलक्ष्यमा सबैलाई शुभकामना दिदै राष्ट्रिय बिभुती शाख्वाको देनबारे प्रकाश पारेका थिए ।
यसरी मन्तब्य राख्नेहरुमा प्रमुख अतिथी प्रधान, हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीकाका केन्द्रिय उपाध्यक्ष टिका पौडेल, नेपाली घरका महासचिव भोला कटुवाल, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका उपाध्यक्ष बिकास त्रीपाठी, समाजसेवी नवीन दत्त, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सीटौला, तमुपेलुका अध्यक्ष चक्र गुरुङ लगायतका अतिथीहरुरहेका थिए । उनिहरले नेवाः संस्कृती र परंपरा बिशाल रहेको जसले नेपाललाई बिश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षको लागी सबैको उत्तीकै जिम्मेवारी रहेको बताएका थिए ।
कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुले प्रमाण पत्र प्रदानगरि सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा उपस्थित मिसेज एएनए २०२३ की दिक्षा श्रेष्ठ प्रधानलाई पनि प्रमाणपत्र प्रधानगरी सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा धिमे डान्स ग्रुपले बिभिन्न स्थानमा कुशल नृत्य प्रश्तुत गरेको भन्दै यसका सदस्यहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सोही समारोहमा मीसा पुचा कमीटीका सदस्यहरुको परिचय गराईएको थियो ।
भक्तपुरका राजा राघब देवलाई उनका ज्योतीषले साईत जुराई काठमाण्डौं स्थित बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए । सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए । काठमाण्डौं ब्यापार गरी बसेका शंखधरले भक्तपुरका मानीसले काठमाण्डौ देखी बालुवा किन लग्दैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए । पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो । त्यही सुनबाट शंखधरले सबै नेपालीको श्रृण तिरी दिई नेपाल संम्बत चलाका थिए भनिन्छ ।
नेवाः खलः अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सबिता श्रेष्ठले संचालन गरेकी थिईन । कार्यक्रमको अन्तमा संस्थाका उपाध्यक्ष मनोजकाजी तुलाधरले उपस्थित सबैलाई धन्यबाद दिदै नेवारी संस्कृती जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी संस्कृती पहिचाहन गराउन हरेक बर्ष यस्ता कार्यक्रमहरु आयोजना गरीदै आएकाको बताएका थिए ।