नेपाली भाषा पाठशाला, कोलोराडोको सहयोगार्थ च्यारिटी शो आयोजना गरिदै ।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरिका।नेपाली बालबालिकाहरूलाई नेपाली भाषा तथा संस्कृति सिकाउने उद्देश्य कोलोराडोमा संचालन गरिदै आइएको नेपाली भाषा पाठशालाको सहयोगार्थ च्यारिटी शो आयोजना गरिने भएको छ ।

प्रख्यात नेपाली सङ्गीतकार तथा गायकहरू न्हयू बाज्राचार्य, कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी लगायत पाठशालाका विद्यार्थीहरुको पनि प्रस्तुती रहने कार्यक्रम यही नोभेम्बर ११ तारिकका दिन डेनभर साउथ हाइ स्कूलमा आयोजना हुन लागेको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखा, एनआरएनए कोलोराडो च्याप्टर, सिस्टर्स ग्रुप अफ कोलोराडो, तथा टुकी इभेन्टसको संयुक्त आयोजनामा हुने लागेको उक्त कार्यक्रमको प्रस्तुतकर्ता कोसेली समुह कोलोराडो रहेको छ । त्यस्तै कार्यक्रमको साजसज्जा वेलकम इभेन्टस मार्फत हुने जनाइएको छ ।

कार्यक्रममा उठेको सम्पूर्ण रकम खर्च कटाएर नेपाली भाषा पाठशालाको लागि जम्मा गरिने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु  सिटौलाले बताएका छन् ।